पर्यटक लक्षित खानाका परिकार २३ मात्र ? | Khabarhub Khabarhub

पर्यटक लक्षित खानाका परिकार २३ मात्र ?

भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्ने नेपाली परिकार नै छैन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले घोषणा गरेको दिन आउन अब एक महिना पनि बाँकी छैन् ।

यो बीचमा सरकारले भ्रमण वर्ष लक्षित प्रचार प्रचार गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२० लाई नै पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

मन्त्रालयले १२ वर्षभित्र वार्षिक ३० लाख विदेशीलाई नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च करिब ११ लाख पुगेको पर्यटनको बोर्डको तंथ्याकमा उल्लेख छ ।

सन् २०१९ सकिन अब केहि दिनमात्र बाँकी रहँदा १० लाख पर्यटन नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल घुम्न आउने पर्यटकको संख्या २० लाख पुर्‍याउने गरी २ वर्ष अघि घोषणा गरिएको कार्यक्रम २ वर्षपछि भ्रमण वर्ष मनाउने भव्य तयारी भएपनि पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा सरकारले ध्यान नदिएको गुनासो बढ्ने गरेको छ ।

त्यसमा पनि नेपाल घुम्न आउने पर्यटकलाई हुने आथित्थ्यता र खाना परिकार के हुन्छन् भन्ने आम चासोको विषय पनि बनेको छ । तर, त्यतितिर सरकारले खास ध्यान दिएको देखिँदैन ।

नेपाली स्थानीय रैथाने खानाको परिकारको स्वाद नेपाल घुम्न आउने विदेशी पर्यटकले लिन पाएका छैनन् ।

सरकारले नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने सकेको छैन । विदेशी पर्यटकलाई लक्षित गरेर खानाका परिकारलाई प्रवद्धन गर्ने चासो नदिएको आरोप पर्यटनविज्ञ चन्द्र रिजालको ।

नेपालमा पनि विभिन्न जातजातिको संस्कृतिअनुसारका खानाका परिकारको आफनै पहिचान छ । यी खाका परिकारलाई प्रयोग गरेर पर्यटकको आकर्षण बढाउन सकिने पर्यटनविज्ञ रिजालले बताए ।

‘विभिन्न देश घुम्न पर्यटकको लक्ष्य तीन वटा हुन्छ मुख्य प्राकृतिक सुन्दरता हेर्ने, देशको आर्थिक उन्नतिसँग विकासका बारेमा अध्ययन गर्ने, खानासँगै बस्न रमाइलो गर्नेका लागि एक देशदेखि अर्को देशमा घुम्न जाने पर्यटकको संख्या ठुलो हुन्छ । यस्ता पर्यटकका लागि देशको खानाका परिकार र भेषभुषाको महत्व ठुलो हुन्छ,’ उनले भने ।

‘नेपालमा मुख्यतय ९२ प्रकारका खानाका परिकारलाई विदेशी पर्यटक लक्षित बनाउन सकिन्छ । तर, सरकारले हाल सम्म ४० वटा नेपाली खानाका परिकारलाई बजारीकरण गर्न ध्यान दिएको छैन । कतिपय खानाले देशमा परिचय समेत खुल्ने गरेको छ । खानाको नाम लिदाँ त्यो देशको खाने कुरा हो भने गरिन्छ’, रिजालले भने ।

थाइल्याण्ड, भियतनाम, स्पेन, सिंगापुर कम्बोडिया, मलेसिया, स्वीजरल्याण्ड, अमेरिका, र इटालीलगायत विश्वका थुप्रै देशले आफ्ना देशका खानाका विभिन्न परिकारहरुबाट पर्यटक आकर्षित गर्ने गदै आएका छन् ।

नेपालमा छिमेकी देश भारत र चीनले समेत आफनो देशको खानका परिकारसँगै संस्कृति र भेषभुषामा केन्द्रित भएर पर्यटकको आकर्षण बढाउन थालेको पर्यटनविज्ञ रिजाल बताउँछन् ।

नेपालमा पनि खानाका परिकारको पहिचानका लागि ध्यान दिन सके ‘फुट टुरिजम’ को विकास गर्न सकिने उनको बुझाई छ । नेपाली खाना यस्तो हो भनेर नेपाल घुम्न आएका पर्यटकले सन्देश लिएर जान्न सक्ने वातावरणको सिर्जना गर्न पहल गर्नुपर्ने उनले बताए ।

सरकारले पर्यटन वर्ष मनाइरहँदा खानासँग देशको मौलिकता बोकेका भेषभुषा जस्ता सामाग्रीको पहिचान खुलाउन प्रचार गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रवक्ता रुद्रसिंह तामाङले बताए ।

विगतमा केही कमजोरी थिए होला, आगामी दिनमा सुधारदै खानाका परिकारसँग मौलिक पहिचान भएका सामाग्रीको पनि सन्देश विश्व बजारमा पुर्‍याउने कोसिस हुने उनको भनाई छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएसन अफ नेपालमा आवद्ध संघसंसस्थाले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान चलाउन सरकारसँग माग गदै आएका छन् । तर, सरकारले यो विषयमा चासो नदिएको उनीहरुको गुनासो छ ।

नेपालको पर्यटन र नेपाली मौलिक परिकारबीच गहिरो सम्बन्ध छ । कतिपय खानाका परिकारमा पनि संस्कृति झल्कन्छ । कुनै पनि देशको पर्यटन प्रवद्र्धनका लागि त्यस देशको मौलिक खाना, रहनसहन र भेषभुषासँग प्रत्यक्ष सम्बन्ध राख्ने गरेको होटल व्यवसायी होटल एशोसिएसन (हान)का प्रथम उपाध्यक्ष विनयक शाह बताउँछन् ।

‘होटल व्यवसायीले पर्यटकको मागअनुसार खाना बनाउने गरेका छन् । नेपाल आउने पर्यटकलाई यस्तो खाना मुख्य हो भन्ने नै छैन । नेपाली होटलहरुमा पनि नेपाली भन्दा विदेशी खानाका परिकार धेरै पाक्ने गरेका छन् । नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेर खानाका परिकार विश्व बजारमा फैलाउनुपर्छ,’ शाहले भने, ‘सरकारले पर्यटक केन्द्रित खानाका परिकार प्रचार गर्न जोड दिनुपर्छ । जसले आयस्रोत बढ्नुका साथै नेपाली खाना परिकारको स्वागत पर्यटकले थाहा पाउँछन् । यो प्रचारको राम्रो तरिका हुनसक्छ ।’

२३ प्रकार खाना मात्र पाइन्छ

नेपालमा पर्यटकलाई लक्षित गर्दै २३ प्रकारका खाना तयार हुन्छ । तर, नेपाली र भारतीय नागरिक धेरै थकाली खाना धेरै मन पराउने गरेका छन् । यो थकाली खानाको पनि खासै प्रचार हुर्दैन । एसियाका केही पर्यटकले मात्र थकाली खाना मन पराउने गरेको होटल व्यवसायीहरुको भनाइ छ ।

दालभात, गुन्दु्रक ढिडो नेपालीको पहिचान भएको खानाको परिकार भित्रपर्छ । नेपालको पहिचान बोकेको खाना गुन्दु्रक ढिडो हो । पर्यटन व्यवसायी र होटल व्यवसायीले २३ प्रकारका खाना पर्यटन बर्षलाई लक्षित गर्दै सूचीकरण गरेका छन् । रेस्टुराँमा नेपाली मौलिक २३ खानाका परिकारहरु पाउने गरेको शाहले बताए ।

विश्वभर नेपालीहरुले नेपाली रेष्टुराँ सञ्चालन गर्दै आएपनि दाल, भात र रोटीलाई नै नेपाली खान भन्नु पर्ने बाध्यता छ । यसको विकल्पमा अन्य नेपाली खानाको विकास गर्नुपर्ने उनले बताए।

५ प्रकार सुप

होटल व्यवसायीले सुप पनि ५ प्रकारका बिक्री वितरण गर्दै आएका छन् । जहाँ पञ्च कुवा (आलु, तामा र बोडी), सिस्नोको झोल, फाँडो, क्वाँटी र ज्वानोको झोलको सुप ग्राहकको मागलाई मध्येजर गरेर बनाइन्छ । नेपाली पहिचान झल्कन सक्ने नयाँ सुपको खोजी पनि आवश्यक रहेको उनीहरुको भनाई छ ।

नेपालमा पाइने मुख्य खाना

दालभात, सेकुवा, मन छोयला, हाकु छोयला, कुखुरा साँधेको, बँदेल उसिनेको, ढुंग्रे, वो (बारा), चटामरी, पकुवा र फुलौराजस्ता खाना परिकार पाइन्छ । त्यस्तै चुकौनी, चुक शखर खन्ड, साँधेको आलु जस्ता स्न्याक्स तयार गरिन्छ ।

अनि योमरी, दहीफल र सिकर्नी (दही दाल चिनी)जस्ता खानाका परिकार नेपाली बजारमा पाइन्छ । यो हान दिएको तंथ्याक हो । तर, नेपालमा बनाइने खाना परिकार पर्यटकलाई लक्षित गरी होटलहरुले बनाएका छैनन् ।

 नेपाली खाना सस्तो

विदेशी खाना परिकारको तुलनामा नेपाली खाना निकै सस्तो पर्ने गरेको होटल व्यवसायीहरुले बताउदै आएका छन् ।

नेपालमा उत्पादन र बनाइएको खाना सस्तो हुँदा नेपाल धेरै समयका लागि विदेशी बस्ने गरेको व्यवसायीको भनाइ छ । नेपाल घुम्न आउन विदेशी पर्यटकले दैनिक खानाका लागि २ हजार खर्च गर्दा पुग्ने होटल व्यवसायी बताउँछन् ।

नेपालभन्दा बाहेक देशमा विदेशी पर्यटकलाई दैनिक २ सय अमेरिकी डलर खानामा खर्च हुने गरेको पर्यटकले बताउने गरेको होटल व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ०६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न