इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र « Khabarhub

इस्लामिक स्टेटविरुद्ध सिरियाली सेनाको कारबाही तीव्र


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाली सेनाले मुलुकको मध्यभागको मरुभूमि इलाकामा आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेका बाँकी भूभागमा सैनिक आक्रमण शुरु गरेको छ । सिरियाको मध्यभागमा रहेको अल शुख्ना शहर तथा त्यस आसपास रहेका क्षेत्रमा सिरियाली सेनाले व्यापक हवाई आक्रमण गरेको जनाइएको छ ।

सन् २०१४ सम्म सिरियाको आधा भूभागमा कब्जा जमाएको इस्लामिक स्टेट हाल सिरियाको सानो भूभागमा मात्र सिमित छ । पछिल्लो समय पूर्वी सिरियाको डिएर एजजोर प्रान्तको बाघुज शहर आसपास अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले व्यापक सैनिक आक्रमण गरिरहेका बेला मध्य सिरियामा पनि सिरियाली सेनाले इस्लामिक स्टेटविरुद्ध सैनिक आक्रमण गरेको हो ।

सिरियाली सेनाले इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी गरेको आक्रमणमा लडाकुतर्फ भएको क्षतिको विवरण भने खुलाइएको छैन ।
सिरियाली सेनाले अल शुख्ना शहरलाई सन् २०१७ मा इस्लामिक स्टेटबाट मुक्त गरेको थियो । यद्यपि मध्य सिरियाको मरुभूमिमा अवस्थित ऐतिहासिक शहर पल्माइरालाई डिएर एजजोर शहरसँग जोड्ने धुलौटे सडक आसपास इस्लामिक स्टेटको उपस्थिती रहेको बताइन्छ । त्यहाँ रहेका इस्लामिक स्टेट लडाकुलाई लक्षित गरी सिरियाली सेनाले आक्रमण गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २३ बजे

देउवा र प्रचण्ड एमसीसीसँगै एसपीपी ल्याउन चाहन्थे : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा शेरबहादुर

बुढीगंगामा पुनः मतदान रोक्न गरिएको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ- सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित

नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता

काठमाडौँ– नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा

मनसुनजन्य विपद्बाट यस वर्ष कुन प्रदेश कति जोखिममा ? 

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष

राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो

लमजुङ- राइनास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड बढीको