दक्षिण एसियाली खेलकुदको मिति तेस्रो पटक सारियो, ‘डिसेम्बरमा जसरी पनि हुने’ | Khabarhub Khabarhub

दक्षिण एसियाली खेलकुदको मिति तेस्रो पटक सारियो, ‘डिसेम्बरमा जसरी पनि हुने’


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी डिसेम्बर महिनाको पहिलो साता हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सागको नयाँ मिति सार्वजनिक गर्दै २०१९ डिसेम्बर १ देखि १० सम्म काठमाडौं र पोखरामा सञ्चालन गरिने जानकारी दिएको हो ।

केही दिन अगाडि थाइल्यान्डमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको नयाँ मिती तय गरेको थियो । २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागबाट नेपालले आयोजकको झण्डा लिएको थियो । तत्कालीन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले प्रतियोगिता आयोजकको जिम्मा लिँदै समयमै साग सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

तर, २०१८ मा आयोजना हुनुपर्ने साग भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण पटक—पटक सर्दैै आएको थियो । २०१८ मा हुनु पर्ने साग दोस्रो पटक मिति सार्दै यहि मार्च महिनामा गर्ने बताइएको थियो । तर, मार्च भित्रमा भौतिक पूर्वाधार निर्माण सम्पन्न नहुने भएपछि तेस्रो पटक पुनः मिति सारिएको हो ।

पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सना सहभागी भएका थिए । सहभागी तीनै जनाले तोकिएको समयमै साग सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष श्रेष्ठले यसपटकको मितिमा प्रतियोगिता जसरी भएपनि सम्पन्न गर्ने प्रतिबद्दता जनाउँदै भने, “ढुक्क हुनुहोस्, यसपटकको मिति खेर जानेछैन । हामी समयमै सम्पन्न गर्न लागिपरेका छौं । अब प्रतियोगिता सम्पन्न गर्न कुनै कसुर बाँकी छाड्दैनौं ।”

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटाले एसियाली खेलकुद समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट प्रतिवद्धता जनाए । उनले भने, “यसअघि जे जस्तो भएपनि अबको ६—७ महिनामा भौतिक पूर्वाधार निर्माण गरेर यो प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नै छौं ।”

राखेपका उपाध्यक्ष तिम्ल्सिनाले पुर्वाधारका विषयमा राखेप लागिरहेको बताएउँदै जुनसुकै हालतमा पनि प्रतियोगिता समयमै सम्पन्न गर्ने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ०२ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन