५ थान हतियारसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

५ थान हतियारसहित ४ जना पक्राउ


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की प्रहरीले अवैध रुममा लुकाई राखेको ५ थान हातहतियार सहित ४ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र शिशुवा प्रहरी पोष्टबाट खटिएको विशेष प्रहरी टोलीले २२ बोर राइफल लेन्स १ थान, १२ बोर सर्ट गन १ थान र भरुवा बन्दुक ३ थान सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपा गाँउपालिका वडा नम्बर ७ घर भई हाल पोखरा ३० शिशुवा बस्ने वर्ष ५५ का नारायणबहादुर गुरुङ, रुपा गाँउपालिका ७ तालवेशीका ४८ वर्षीय दिलबहादुर गुरुङ, ५४ वर्षका मनबहादुर थापामगर र रुपा गाँउपालिका ७ तिलखोरिया बस्ने ४५ वर्षका सुरेश गुरुङ रहेका छन् । पक्राउ परेका चारै जनालाई मंगलबार म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : २७ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको