नेतृत्वलाई कांग्रेस जिल्ला सभापतिको चेतावनी : विशेष महाधिवेशन बोलाउन सक्ने | Khabarhub Khabarhub

नेतृत्वलाई कांग्रेस जिल्ला सभापतिको चेतावनी : विशेष महाधिवेशन बोलाउन सक्ने


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै चुलिन थालेको छ । कांग्रेसमा नेतृत्वले महासमिति बैठकले पारित गरेका कुरा उल्याउन थालेको भन्दै जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई खबरदारी गर्न थालेका छन् । आज (मंगलबार) विभिन्न ५६ जिल्लाका सभापतिहरुले महासमिति बैठकले पारित गरेका कुरालाई अक्षरस पालन गर्न माग गर्दै त्यसो नभए नेतृत्वविरुद्ध अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

गत पुस २९ देखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न भएको महासमिति बैठकमा सभापति देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति सदस्यहरुको माग अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एउटै व्यक्तिलाई दोहोर्‍याएर अवसर नदिने सम्बन्धि व्यवस्थामा ऐक्यवद्धता जनाए पनि पछिल्लो केन्द्रीय समिति बैठकले निर्णय उल्ठाएको भन्दै जिल्ला सभापतिहरु आक्रोशित भएका छन् ।

आक्रोशित ५६ जिल्लाका सभापतिहरुले महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुन नसक्ने भन्दै सभापतिले गरेको प्रतिबद्धता उल्लंघन गर्नु दूभाग्यपूर्ण रहेको बताएका छन् ।

खबरहवसँगको कुराकानीमा इलाम जिल्लाका नेपाली कांग्रेस सभापति हिमालय कर्माचार्यले आफूहरले राखेका माग पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता गराएको बताए । दर्ता नम्बर ९३ रहेको यो विषयलाई वेवास्था गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु हास्यास्पद रहेको कर्माचार्यले बताए ।

महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको उनले बताए । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्‍याउने निर्णय तत्काल पूनर्विचार गर्न माग गर्दै नेतृत्वले वेवास्था गरे बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

को को छन् नेतृत्वलाई खबरदारी गर्ने सभापतिहरु

महासमिति बैठकमा गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै सभापति देउवा र बरिष्ठ नेता पौडेललाई खबरदारी गर्दै ५६ जिल्लाका सभापतिले खबरदारी गरेका छन् । यसरी खबरदारी गर्ने जिल्ला सभापतिहरुको नामावली यस्तो छ :

प्रदेश नं. १
१) लिला देवी बोखिम — ताप्लेजुंग
२) नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३) हिमालय कर्माचार्य — ईलाम
४) उद्धव थापा — झापा
५) गोविन्द ढुंगाना — तेह्रथुम
६) नन्दमणि राई — भोजपुर
७) नरेश कुमार श्रेष्ठ — खोटांग
८) बिनोद बस्नेत — सोलुखुम्बु
९) राजिब कोइराला — सुनसरी
१०) डिग बहादुर लिम्बु — मोरंग
११) बिदुर बस्नेत — गाईघाट
१२) दिपेन कुमार श्रेष्ठ — संखुवासभा

प्रदेश नं. २

१) कृष्ण देव यादव — रौतहट
२) अजय दुवेदी — पर्सा

प्रदेश नं. ३

१) उज्जल बराल — सिन्धुली
२) मधु आचार्य — काभ्रे
३) लवश्री न्यौपाने — रामेछाप
४) बिकाश लामा — सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी — नुवाकोट
६) दुर्लभ थापा — भक्तपुर
७) सबुज बानिया — काठमाडौँ
८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९) रमेश धमला — धादिंग
१०) जित नारायण श्रेष्ठ — चितवन

प्रदेश नं. ४

१) बैकुण्ठ न्यौपाने — तनहुँ
२) कृष्ण केसी — कास्की
३) खम्ब गर्बुजा — म्याग्दी
४) यङ्गजीङ्ग बिष्ट — मुस्तांग
५) कुमार राणा — स्याङजा
६) बिष्णु प्रसाद लामिछाने —नवलपुर
७) भेष बहादुर पौडेल —लम्जुङ्ग
८) हरि ब घले —गोरखा

प्रदेश नं. ५

१) अर्जुन पोखरेल —परासी
२) बिर बहादुर राणा — पाल्पा
३) भुवन श्रेष्ठ — गुल्मी
४) बिष्णु प्रसाद खनाल(मुश्कान) — अर्घाखाची
५) सुरेन्द्र प्रसाद आचार्य — कपिलबस्तु
६) अम्मर प्रसाद भण्डारी — प्युठान
७) अमर सिंह पून — रोल्पा
८) केशर मान रोका — पूर्व रुकुम
९) किरण कोइराला — बाँके
१०) संजय गौतम — बर्दिया

प्रदेश नं. ६

१) खड्ग बहादुर शाही — मुगु
२) दिप बहादुर शाही —जुम्ला
३) हर्ष बहादुर बम —कालिकोट
४) कृष्ण कुमार बिसी — दैलेख
५) कमल राज रेग्मी —सुर्खेत
६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७) गणेश बहादुर चन्द —सल्यान
८) दिपक जंग शाही — जाजरकोट
९) जयपति रोकाया —हुम्ला
१०) अंगत बुढा —डोल्पा

प्रदेश नं. ७

१) कर्ण बहादुर मल्ल —डडेल्धुरा
२) ललित सिंह बोहरा —दार्चुला
३) नरेन्द्र सिंह थापा —बैतडी
४) हर्क जंग बहादुर सिंह — बझाङ

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ३३ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार