सामाजिक सञ्जालमा अभिनन्दनको ‘जुँगा’ भाइरल, ट्रेण्ड चलाइयो « Khabarhub

सामाजिक सञ्जालमा अभिनन्दनको ‘जुँगा’ भाइरल, ट्रेण्ड चलाइयो


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानबाट रिहा भएका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दनको जुँगा भारतमा फेशन ट्रेण्डको रुपमा विकसित भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबूक तथा ट्वीटरमा अभिनन्दनकै शैलीमा आफ्नो जुँगा बनाएर तस्वीर पोस्ट गरिरहेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा भारतीयहरुले #AbhinandanMustache ट्रेण्ड चलाइरहेका छन् ।

अभिनन्दनको जुँगा पनि अरुभन्दा फरक छ । उनको जुँगा माथिल्लो चिउँडोबाट गालाको दाह्रीसम्म जोडिएको छ । कतिपयले उनलाई चलचित्रका कलाकारको जस्तो भएको भन्दै तारिफ समेत गरेका छन् । अभिनन्दनको गनस्लिङर शैलीको जुँगा गालाको मटन चप दाह्रीमा जोडिएको छ ।

बुधबार भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको युद्धका क्रममा भारतीय विमान पाकिस्तानी भूभागमा खसेको थियो । विमान खस्दा अभिनन्दनले प्यारासुटबाट हाम फालेर ज्यान जोगाएका थिए । लगत्तै पाकिस्तानी सेनाले उनलाई हिरासतमा लिएको थियो ।

त्यसपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘शान्तिको सन्देश’ भन्दै अभिनन्दनलाई गत शुक्रबार रिहा गरेका थिए ।

ट्वीटरमा भाइरल भइरहेको तस्वीर

हिरासतमा रहँदा पाकिस्तानबाट अभिनन्दनको भिडियो सार्वजनिक भएको थियो । उनको भिडियो सार्वजनिक भएदेखि नै जुँगाको चर्चा शुरु हुन थालेको हो ।

भारतमा अभिनन्दनलाई ‘हिरो’ शैलीको सम्मान दिइएको थियो । पाकिस्तानबाट रिहा भएर भारत आएपछि अभिनन्दनको सम्मानमा भारतीयहरुले उनकै शैलीको जुँगा बनाउने क्रम जारी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ३० बजे

चीनको दक्षिणी क्षेत्र टाइफुनद्धारा प्रभावित

काठमाडौँ– चीनको दक्षिणी क्षेत्रमा टाइफुनका कारण वर्षा र आँधीले प्रभावित

विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर

बुटवल– लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा

ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन

ललितपुर– गएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र

प्रवासी नेपालीको पीडा झल्काउने सुमनको गीत  

काठमाडौँ– चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा

साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन

काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली फुटबल फेडेरेसन (साफ) को