मोवाइल डाटाको मूल्य : बेलायत र अमेरिकाभन्दा नेपालमा सस्तो | Khabarhub Khabarhub

मोवाइल डाटाको मूल्य : बेलायत र अमेरिकाभन्दा नेपालमा सस्तो


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेटका लागि नेपालमा प्रयोग हुने मोवाइल डाटा अमेरिका र बेलायतभन्दा सस्तो पाइएको छ । नेपालसहित विश्वका २ सय ३० देशमा गरिएको एक अध्ययनले नेपालमा प्रयोग हुने मोवाइल डाटा अमेरिका र बेलायतभन्दा सस्तो पाइएको हो ।

सस्तो मोवाइल डाटा उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल ४५ औं स्थानमा छ । केबलले गरेको खोज तथा अनुसन्धान अनुसार नेपालमा एक जीवी डाटाको औसत मूल्य २.२५ अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ सय ५५ रुपैयाँ १५ पैसा) रहेको छ ।

नेपालमा मोबाइल डाटा प्रदान गर्ने सेवादायक कम्पनीले विभिन्न २७ योजना (स्कीम) सञ्चालन गरेका छन् । नेपालमा सस्तो मोबाइल डाटा ०.३२ अमेरिकी डलर अर्थात ३७ रुपैयाँ ३ पैसा पर्छ । त्यस्तै सबैभन्दा महँगो डाटाको मूल्य ६.४३ अमेरिकी डलर अर्थात ७ सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । केवलले गरेको २०१८ को नोभेम्बर १५ मा नमूना सर्वेक्षण गरेको थियो ।

अनुसन्धान अनुसार सबैभन्दा सस्तो मोवाइल डाटा उपलब्ध गराउने मुलुक भारत हो । भारतमा एक जीबी डाटाको औसत मुल्य ०.२६ अमेरिकी डलर छ । सार्क राष्ट्र श्रीलंका सातौँ स्थानमा छ । श्रीलंकामा प्रति जीवी डाटाको मूल्य ०.७८ अमेरिकी डलर छ । १८ औँ स्थानमा रहेको भुटानमा प्रति जीवी डाटाको मूल्य औसत १.२५ अमेरिकी डलर छ ।

बेलायतमा भने १ जीबी डाटाको औसत मुल्य ८.५३ अमेरिकी डलर छ। सूची अनुसार बेलायत सस्तो मोवाइल डाटा प्रदान गर्ने देशको १३६ औँ स्थानमा छ । त्यस्तै, १८२औँ स्थानमा रहेको अमेरिकामा एक जीवी डाटाको मूल्य १२.३७ अमेरिकी डलर पर्दछ ।

एसियाली राष्ट्र ताइवान, चीन, दक्षिण कोरियालीमा विश्वको औसत मुल्य भन्दा बढी शुल्क लिइने गरेको पाइएको छ । अध्ययनमा सिम कार्डमार्फत इन्टरनेट चलाउनेलाई मात्र समावेश गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०