भरतमोहन र रवीन्द्रको सम्झनामा २३ गते नेकपाले श्रद्धाञ्जलीसभा गर्ने | Khabarhub Khabarhub

भरतमोहन र रवीन्द्रको सम्झनामा २३ गते नेकपाले श्रद्धाञ्जलीसभा गर्ने


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाले दिवंगत नेताद्वय भरतमोहन अधिकारी तथा रवीन्द्र अधिकारीको सम्झनामा फागुन २३ गते बिहीबार श्रद्धाञ्जलीसभा गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डवमा आयोजना हुने सभालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रद्धाञ्जलीसभालाई सफल पार्न नेकपाले सम्पूर्ण जनवर्गीय संगठनलाई निर्देशन दिएको पनि उनले बताए ।

श्रद्धाञ्जलीसभाको तयारीका विषयमा छलफल गर्न हिजो (सोमबार) पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको भन्दै श्रेष्ठले कार्यक्रममा प्रदेश ३ र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय भएको बताए ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सम्झनामा श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको थियो ।

उपचारत पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि आइतबार बसेको नेकपा सचिवालय बैठकले दुवै नेताको सम्झनामा एकै दिन श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको कार्यालयका सचिव श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : २६ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर