दर्शकको आरोपमा ‘कबड्डी’ निर्देशक ‘ह्याप्पी’ ? « Khabarhub

दर्शकको आरोपमा ‘कबड्डी’ निर्देशक ‘ह्याप्पी’ ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’ निर्देशन गरेपछि रामबाबु गुरुङले आफूलाई सफल निर्देशकका रुपमा चिनाए । पहिलो फिल्मले नै उनलाई चिनारी दियो । फिल्मले निर्देशकमा रामबाबुलाई मात्र होइन, अभिनेतामा दयाहाङ राईलाई पनि छुट्टै हाइप दियो ।

रामबाबुले त्यसपछि बनाएका फिल्म सबै उस्तै भएको आरोप भने आइरहन्छ । आरोप आइरहेका बेला निर्देशक गुरुङले भने आफूलाई पत्रकारले सबै फिल्म उस्तै बनाएको भन्ने आरोप लगाउँदा खुशी लागेको बताए ।

‘मलाई पछिल्लो समय केही पत्रकार साथीहरुले आरोप पनि लगाउने गर्छन्, तपाईंको सिनेमामा फरक कुरा आएन, खाली ‘कबड्डी’ टाइपकै आयो भनेर आरोप लगाउँछन्,’ उनले भने ‘मलाई खुशी लाग्छ, किनभने ‘कबड्डी’ पनि मैले बनाएको हो, त्यसपछिका ‘कबड्डी’ जस्तै सिनेमा पनि मैले बनाएको हो, ;मेरा फिल्ममा आफ्नो परिचय छ जस्तो लाग्छ ।’

निर्देशक गुरुङका प्रायः फिल्ममा डार्क कमेडी शैली हुन्छ । गाउँका सामान्य कथालाई कमेडी शैलीमा पेश गरेर फिल्म बनाउने गुरुङले फरक स्वादको फिल्म ‘पुरानो डुङ्गा’ निर्देशन गरेका थिए । तर यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ५९ बजे

भक्तपुर नगरपालिकाको बजेट पारित

काठमाडौँ- भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बाह्रौँ

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

काठमाडौँ- राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका

सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी

भक्तपुर- भक्तपुरमा शनिबार सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको

विकासको महत्त्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ : गृहमन्त्री खाण

लुम्बिनी- गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्त्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा

सेती नदी खोँचमा एक युवक मृत फेला

तनहुँ- शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत