शिवरात्रि मनाउन पशुपतिनाथ मन्दिर पुगेका श्रद्धालु (१० तस्वीर) | Khabarhub Khabarhub

शिवरात्रि मनाउन पशुपतिनाथ मन्दिर पुगेका श्रद्धालु (१० तस्वीर)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा शिवरात्रिको अवसरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलेको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक/एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक/एक गरी दुई लाइनको व्यवस्था गरिएको छ ।

खबरहवको टोली बिहानै पशुपतिनाथ क्षेत्र परिसर पुग्दा श्रद्धालुहरु लाइनमा लागेका थिए । पूजाआजा गर्नेको पनि भीड थियो । हेर्नुहोस् पशुपतिनाथ मन्दिर परिसरमा बिहानै देखिएका १० तस्वीर :

तस्वीर : कृष्ण खत्री

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ९ : ३० बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले