‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सम्पन्न, ३ फिल्म पुरस्कृत | Khabarhub Khabarhub

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सम्पन्न, ३ फिल्म पुरस्कृत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  तीन दिवसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ समापन भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा कार्तिक १६ गते, शनिबारदेखि शुरु भएको महोत्सव आज (सोमबार) समापन भएको हो ।

विगत ८ वर्षदेखि आयोजना हुँदै आएको महोत्सवको यो संस्करणमा नेपाली र अफ्रिकन मूलका फिल्म गरी २५ फिल्म प्रदर्शन गरिएको थियो । पहिलो दिन शनिबार ५ फिल्म प्रदर्शन गरिएकोमा आइतबार र आज १०/१० वटा फिल्म प्रदर्शन गरियो । महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा ठुलो योगदान पुर्‍याएको आयोजकको विश्वास छ ।

महोत्सवका निर्देशक डब्बु क्षेत्रीले ३ फिल्म पुरस्कृत भएको बताए । महोत्सवमा भिमलाल श्रेष्ठको डकुमेन्ट्री मकै विवाह, सुनील पाण्डेको लघु चलचित्र अनन्त यात्रा र आशिष भेटवालको पेन्सिल पुरस्कृत भए । पुरस्कृत हुने तीनै फिल्मले जनही रुपैयाँ ५ हजार हात पारे ।

डब्बु क्षेत्रीका अनुसार एउटा फिल्मलाई उत्कृष्ट चयन गर्नुपर्ने भए पनि तीनै फिल्म उत्तिकै उत्कृष्ट भएको सबैलाई पुरस्कृत गरिएको हो ।

‘पुरस्कार राशि १५ हजार हो तर तीनै फिल्म उत्कष्ट लागेर ५ हजारका दरले पुरस्कृत गरेका हौँ,’ निर्देशक क्षेत्रीले भने ।

गतवर्ष विदेशी फिल्मलाई पनि पुरस्कृत गरिएको तर यसपटक नगरिएको आयोजकले बतायो । पहिले पनि विदेशी फिल्ममेकर पुरस्कार लिन नआएकाले पनि यस वर्ष पुरस्कार प्रदान नगरिएको डब्बु क्षेत्रीले बताए ।

समापन समारोहमा बोल्दै अध्यक्ष मञ्जु मिश्रले नेपाल अफ्रिका जोड्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदन प्रदानमा योगदान पुर्‍याएको उनको भनाइ थियो ।

महोत्सवमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ ओटा फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : २६ बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको