सदस्यहरुको नियुक्तिसँगै चिकित्सा शिक्षा आयोगले पायो पूर्णता | Khabarhub Khabarhub

सदस्यहरुको नियुक्तिसँगै चिकित्सा शिक्षा आयोगले पायो पूर्णता


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका १० वटै पदहरुमा सदस्य नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको छ ।

आयोगमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालित विश्व विद्यालय र प्रतिष्ठानका उपकुलपतिमध्येबाट ३ जना रहनेगरी त्रिभुवन विश्व विद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर भरत यादव र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा गुरु प्रदास खनाललाई आयोगको सदस्यमा नियुक्त गरिएको हो ।

यस्तै स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरुमध्यबाट कम्तिमा एक जना महिला सहित २ जना रहने व्यवस्था सहित एसोसियसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपालका अध्यक्ष शेखर बाबु रिजाल र नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेललाई पनि सदस्यामा नियुक्त गरिएको छ ।

सरकारले नागरिक समाजका लब्ध प्रतिष्ठित कम्तीमा एक महिला सहित दुई जना रहने गरी डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङलाई पनि आयोगको सदस्यमा नियुक्त गरेको छ ।

यस्तै चिकित्सा शिक्षा विज्ञहरुमध्येबाट समाबेशी सिद्धान्तको आधारमा कम्तीमा दुईजना महिलासहित ३ जना रहनेगरी प्राडा. दिव्यासिंह शाह, प्रा डा. शैली प्रधान र प्रा डा. जगदीश अग्रवाललाई आयोगको सदस्यमा नियुक्त गरेका हो ।

अयाोगमा यसअघि सरकारले प्राडा. श्रीकृष्ण गिरीलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगमा १० जना सदस्य रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ११ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०