बेलायती अभिनेत्री जोआन्ना लुम्ले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सद्भावना दूत | Khabarhub Khabarhub

बेलायती अभिनेत्री जोआन्ना लुम्ले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सद्भावना दूत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल सरकारले बेलायतकी चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गर्ने भएको छ ।

बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवर्द्धन गर्ने कार्यक्रमसँगै अभिनेत्री लुम्लेलाई पनि सद्भावना दूत नियुक्त गर्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत गइसकेका छन् ।

जोआन्ना लुम्लेले थुप्रै नाटक, टेलिभिजन श्रङ्खला तथा फिल्ममा अभिनय गरिसकेकी छिन् । ७३ वर्षीय लुम्ले अहिले पनि अभिनयमा सक्रिय छिन् । उनले आधा दर्जनभन्दा बढी पुस्तक लेखेकी छिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : २५ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको