काठमाडौं – एएफसी यू–१९ छनोट खेल्न जाने नेपाली युवा टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इरान जाने यू–१९ टोलीलाई विदाई गरेको हो ।
कात्तिक २० देखि २४ गतेसम्म इरानमा हुने छनोट प्रतियोगिताका लागि जाने नेपाली टोलीको एन्फाले विदाई गरेको हो ।
छनोट प्रतियोगितामा नेपाल समूह डि मा रहेको छ । यही समूहमा नेपालसहित इरान, युएई र किर्गिस्तान रहेका छन् ।
छनोट खेल्ने २३ सदस्यीय नेपाली टोलीको कप्तानको जिम्मेवारी फरवार्ड रेजिन सुब्बाले पाएका छन् । सुब्बाले टोलीको कप्तानी पाउँदा विकास खवासलाई मुख्य प्रशिक्षक मेघराज केसीले उपकप्तानको जिम्मेवारी दिएका छन् ।
नेपाली युवा टोली
गोलकिपर : बिशाल सुनार, रोहित कार्की, पुजन होना
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्राई, असिम गुरुङ, नविन गुरुङ, रोषन दोङ, विकास खवास, योगेश गुरुङ, निरन्जन महर्जन,
मिडफिल्ड : दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन
फरवार्ड : मनिस डाङ्गी, राजिव लोप्चन, रेजिन सुब्बा, दिपेश आले मगर
प्रतिक्रिया