निःशुल्क शव ढुवानी नरोकिने | Khabarhub Khabarhub

निःशुल्क शव ढुवानी नरोकिने


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार बोर्डले दशैँका क्रममा सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको निःशुल्क शव ढुवानी नरोकिने जनाएको छ ।

यही असोज १९ देखि २२ गतेसम्म बोर्डका सचिवालय बन्द हुने भए पनि शव ढुवानी सेवा नियमित हुने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

बोर्डले बिदाको समयमा शव ढुवानी कार्यमा समन्वय गर्न उपसचिवको नेतृत्वमा चार कर्मचारीलाई तोकेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको शव त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घर ठेगानासम्म निःशुल्क रुपमा ढुवानी गर्दै आएको छ ।

यसैबीच, बोर्डले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ दशैँका बिदाका दिन पनि खुल्ने भएको छ । बिदाका दिन बिहान १० देखि साँझ ५ बजेसम्म एक ‘सिफ्ट’मा कल सेन्टर सञ्चालन हुने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

बार्डले श्रम, रोजगार, वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ७ : ३६ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका