दशैंमा उपचार सेवा– अस्पतालले गरेका छन् यस्तो व्यवस्था | Khabarhub Khabarhub

दशैंमा उपचार सेवा– अस्पतालले गरेका छन् यस्तो व्यवस्था


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी दशैंको माहोलमा छौं । असोज १२ गते घटस्थापना भएसँगै दशैं लागेको छ । काम तथा पढाइको सिलसिलामा घरबाहिर रहेका नेपालीहरु यतिबेला घर फर्किने क्रममा छन् ।

दशैं मनाउनका लागि सायद तपाईपनि घर पुगिसक्नु भयो होला । तर दशैंको समयमा बिरामी भएर अस्पतालमा बस्ने र तीनै बिरामीको उपचारका लागि खटिने चिकित्सकहरु भने घर जान र दशैको माहोलमा रमाउन पाउँदैनन् ।

रोग बिमारीले चाडपर्व पनि भन्दैन् । खानपान र स्वास्थ्यमा ध्यान नदिँदा दशैंको समयमा बिरामी झनै बढ्ने चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुनका अनुसार दशैंको समयमा खानपानका कारण बिरामीहरु बढ्ने गर्छन् ।

‘दशैलाई मासु खाने चाडको रुपमा पनि लिइन्छ, दशैंको खानपानका कारण सर्ने र नसर्ने रोग दुवैको जोखिम बढ्छ,’ डा पुन भन्छन्, ‘सर्ने रोगहरुमा झाडापखाला,डेंगु हुने सम्भावन बढी हुन्छ, नसर्ने रोगहरुमा मधुमेह, रक्तचाप, मुटु, मिर्गौला सम्बन्धि रोग, युरिक एसिड, ग्याष्ट्रिकका बिरामीहरु बढ्ने सम्भावना बढी हुन्छ ।

डा पुनका अनुसार ती रोगका बिरामीहरुलाई दशैको खानपानले झनै असर पर्छ ।

यसरी दशैंको खानपानले बिरामीहरु बढ्ने भएपनि दशैंमा फुलपाती देखि दशैंको टिकाको भोलि पल्टसम्म सबै अस्पतालमा ओपीडी सेवा बन्द हुन्छ । ओपीडी सेवा बन्द भएपनि अस्पतालको आकस्मिक सेवा भने खुल्ला रहन्छ । ओपीडी सेवा बन्द हुनेहुँदा पनि आकस्मिक सेवामा दशैंको समयमा बिरामीको संख्या बढ्ने गर्छ । यस्तै भर्ना भएर वार्डमा रहेका बिरामीहरु पनि अस्पतालमै हुन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दशैमा हुनेसक्ने रोगहरुको जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई आकस्मिक सेवा र एम्बुलेन्स २४ सै घण्टा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई आकस्मिक सेवामा रहने चिकित्सकको सम्पर्क नम्बर आकस्मिक कक्षमा राख्न समेत स्वास्थ्य मन्त्रालयले यसअघि निर्देशन दिइसकेको छ । ओपीडी सेवा बन्द भएपनि अस्पतालले वार्ड र आकस्मिक सेवाका लागि चिकित्सकहरुको बिदा र ड्युटीको समय व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार अस्पतालहरुले दशैको समयमा आकस्मिक र वार्डमा डाक्टर र नर्सको व्यवस्थापन कसरी गर्दैछ ?
हामी यो विषयमा काठमाडौंमा केही ठूला अस्पतालका चिकित्सकहरु कुराकारी गरेका छौं ।

अस्पतालको आकस्मिक र वार्ड कसरी चल्छ ?

वीर अस्पताल

काठमाडौंमा रहेको केन्द्रिय अस्पताल वीर अस्पतालले सार्वजनिक बिदामा पनि आकस्मिक सेवा दिँदै आएको छ । दशैंको समयमा देखिन सक्ने रोगहरु र बिरामीको चापलाई व्यवस्थापनका लागि अस्पतालले अन्य सार्वजनिक बिदामा जस्तै आकस्मिक सेवाका चिकित्सकहरु रहने व्यवस्था गरेको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए ।

‘हाम्रो अस्पतालमा दशै लक्षित भनेर छुट्टै व्यवस्था छैन अरु सार्वजनिक बिदामा जसरी चल्थ्यो, वार्ड र आकस्मिक कक्ष त्यसैगरी नै चल्छ, ड्युटीमा डाक्टर , नर्सहरु हुन्छन्,’ डा सेञ्चुरीले भने, ‘ड्युटीमा पर्ने चिकित्सकले पालो गरेर काम गर्छन्, नजिक हुनेहरु ड्युटी गर्दै दशै मनाउँछन्, टाढा हुनेहरु घर पनि जान्छन् ।’

डा सेञ्चुरीका अनुसार मेडिकल अधिकृत र रेसिडेण्ट चिकित्सक गरी १० जना आकस्मिक कक्षमा रहन्छन् ।

राष्ट्रिय ट्रमा सेन्टर

दशैको समयमा दुर्घटनाहरु बढी हुने भएका राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक सेवा विभागमा बिरामीको चाप नै हुन्छ । अस्पतालका निर्देशक डाक्टर प्रमोद यादवका अनुसार दशैका लागि भनेर ड्युटीको सेडुलभित्र रहेका चिकित्सक तथा नर्सहरुलाई बिदा छैन ।

दशैंको फुलपाती देखि टिकाको भोलिपल्टसम्म अस्पतालको आकस्मिक सेवा विभागमा एक सिफ्ट ड्युटीमा २ जना मेडिकल अफिसर, ६ जना नर्स र ३ जनासम्म रेजिडेन्ट डाक्टरहरु रहने व्यवस्था गरिएको निर्देशक यादवको भनाइ छ ।

दशैका कारण ट्रमाको वर्डामा पनि बिरामीको संख्या घटेको छ । अन्य समयमा १ सय ५० जनासम्म बिरामी हुने ट्रमामा अहिले करिव एक सय बिरामीहरु वार्डमा रहेको निर्देशक डा यादवको भनाइ छ । ती वार्डहरुमा ड्युटी सेडुल अनुसार चिकित्सक र नर्सहरु दशैको समयमा पनि खटिन्छन् ।

‘दशै भएपनि डाक्टर नर्सहरुको बिदा हुँदैन, उहाँहरुले आफ्नो ड्युटीमा काम गर्न आउनुपर्छ, दशैमा आफ्नो अस्पतालको समय अनुसार पालैपालो गरेर ड्युटी गर्नुहुन्छ,’ निर्देशक डा यादवले भने, ‘दशै भनेर अरु कर्मचारीले जस्तो डाक्टर, नर्सहरुले बिदा पाउँदैनन्, उनीहरुले मिलेर ड्युटी गर्छन् । कसैले टिका लगाएर ड्युटीमा आउँछन्, कसैले ड्युटी गरेर टिका लगाउन जान्छन् ।’

गंगालाल राष्ट्रिय हृदय केन्द्र

दशैका खानपानले गंगालाल अस्पतालमा दशै र दशैपछि बिरामीको संख्या बढ्छ । गंगालाल अस्पतालले पनि दशैंको समयमा बिरामीलाई आकस्मिक सेवा प्रभावकारी रुपमा प्रदान गर्ने जनाएको छ । अस्पतालका निर्देशक युवराज लिम्बुले दशैको समयमा मुटुरोगका आकस्मिक बिरामीलाई आकस्मिक सेवा विभागमार्फत सेवा दिने बताए ।

‘दशैमा हाम्रो अस्पतालमा आकस्मिक सेवा खुल्ला रहन्छ, त्यहा चिकित्स नर्सहरु हुन्छन् । बिरामीलाई राम्रोसँग सेवा उपलब्ध गराउँछौं,’ निर्देशक डा लिम्बुले भने, ‘दशै भएपनि बिरामीले आकस्कि सेवा नपाएर फर्किनु पर्दैन ।’

शुक्रराज अस्पतालमा ओपिडि पनि खुल्ने

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सार्वजनिक बिदाको समयमा समेत ओपिडि सेवा पनि सुचारु हुने जनाएको छ । अस्पताल निर्देशक डा बासुदेव पाण्डेका अनुसार टिकको दिन बाहेर सबै दिन अस्पतालमा ३ घण्टासम्म ओपिडिसेवा सञ्चालन गर्ने छ ।

‘अरु अस्पतालमा फुलपातीदेखि बिदा र तर हामी त टिकाको दिन बाहेक अरु दिन ओपिडि पनि बन्द गर्दैनौं, देशभर डेंगुको संक्रमण छ, रेविज, एचआइभि, टिभी रोगका बिरामीहर सेवा लिन दैनिक आउछन्,’ डा पाण्डेले भने, ‘बिरामीहरु अरुबेला भन्दा कम हुन्छन्, त्यसैले डाक्टर र नर्सहरुलाई दशै र तिहार गरेर एकपटक मात्रै बिदा दिने व्यवस्था गरेका छौं ।’

कान्ति बाल अस्पताल

कान्ति बाल अस्पतालमा आकस्मिक सेवाका लागि छुट्टै युनिटको व्यवस्था छैन । सबै चिकित्सककले रोग विशेषज्ञताका आधारमा बिरामीहरु हेर्नछन् ।

कान्ति बाल अस्पतालले आकस्मिक सेवामा आउने बिरामीलाई अब्जरभेसन वार्डमा छुट्टै ३ जना चिकित्सक राखेर सेवा दिने गरेको छ ।
अस्पतालका निर्देशक डा आरपी विच्छाका अनुसार अस्पतालले बिरामीको उपचार र चिकित्सक तथा नर्सहरुको चाडपर्वलाई मध्यनजर गर्दै दशै र तिहारमा एकपटक मात्रै बिदा बस्न पाइने नियम बनाएको छ ।

डा विच्छाका अनुसार दशैको समयमा आकस्मिक कक्षमा पनि संख्यात्मक रुपमा कम बिरामी आएपनि जटिल केशका बिरामीहरु आउने गर्छन् ।

‘दशैको समयमा संख्याको हिसाबमा कम बिरामी आउँछन्, तर कम बिरामी आएपनि उनीहरुमा रोगको जटिलता बढी हुन्छ, गम्भिर रोगका बिरामी हुन्छन्,’ निर्देशक डा विच्छाले भने, ‘त्यसैले हामीले डाक्टरहरुलाई आफ्नो ड्युटी अनुसार काममा खटाउछौं, हामीले डाक्टर नर्सको दशैमा बिदा पाउनेलाई तिहारमा नदिने गरी आधा चिकित्सक नर्सलाई मात्रै बिदा दिने गरेका छौं ।’

यस्तै कान्ति बाल अस्पतालमा वार्डमा पनि बिरामीको संख्या घटेको छैन । वार्डमा रहेको बिरामीहरुलाई रोग विशेषज्ञ चिकित्सकले राउण्डमा पालो अनुसार हेर्ने व्यवस्था गरेको डा विच्छाको भनाइ छ ।

डा विच्छाले आकस्मिक सेवामा चिकित्सक र नर्सहरु खटाएको भन्दै आकस्मिक सेवाका लागि आएका बिरामीले राम्रोसँग सेवा पाउने उनको दावी छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ६ : ४७ बजे

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक