दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ | Khabarhub Khabarhub

दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी रु दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

यता काठमाडौँ महानगरपालिका–२२ बस्ने राधे साहुको कोठामा गएराति आगलागी हुँदा कोठामा रहेको नगद रु चार लाख र लत्ताकपडा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण खुल्न नसकेको र अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : ५१ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा