इण्डो-प्यासिफिक रणनीतिमा नेपाल सहभागी गराउन खोजेका छैनौं : राजदूत बेरी | Khabarhub Khabarhub

इण्डो-प्यासिफिक रणनीतिमा नेपाल सहभागी गराउन खोजेका छैनौं : राजदूत बेरी


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले इण्डो प्यासिफिक रणनीतिमा नेपाल सहभागी गराउन आफूहरुले केही प्रयास नगरेको बताएका छन् ।

शुक्रवार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनासँगको भेटमा राजदूत बेरीले इण्डो प्यासिफिक रणनीति कुनै सैन्य संगठन नभएको भन्दै नेपाललाई यसमा सहभागी गराउन कुनै प्रयास नगरेको बताए ।

‘इण्डो प्यासिफिक रणनीति कुनै राजनीतिक मोर्चा होइन’ बेरीको भनाइ उदृत गर्दै नेता खनालले भने,‘यो सैन्य संगठन पनि होइन । नेपाललाई यसमा ल्याउनका लागि हामीले प्रयास गरेका छैनौं भन्नुभयो ।’

अमेरिककी राजदूत बेरीले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकोले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार रहेको बताएका थिए ।

पूर्व प्रधानमन्त्री खनालले अमेरिकाको निर्सत सहयोगलाई स्वागत गरीने र यसबाट नेपालको विकासमा फाइदा पुग्ने बताएको खनालको सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  ।

विगत लामो समय देखि भई आएको अमेरिकी सहयोगको लागी धन्यवाद दिँदै अब थप सहयोगको साथै लगानी समेत बृद्धि कुरामा आफु विश्वस्त रहेको खनालले बताएका थिए ।

राजदूत बेरीले एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याट) सम्झौताले नेपालको पूर्वाधार विकास गर्न खास गरी विद्युत प्रसारण र सडक सुधार आयोजनामा सहयोग पुग्ने बताए । उनले यसमा कुनै सामरिक स्वार्थ नभएको उल्लेख गरे ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : ३२ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर