पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट | Khabarhub Khabarhub

पोखरा विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा बनिरहेको राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि कुटपिट भएको छ। ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राति कुटपिट गरेको हो।

पार्टी छ भनि बोलाएर योजनाबद्ध रुपमा आफूलाई कुटपिट गरेको कार्कीले बताएका छन् । केदार कम्पनीका म्यानेजर कार्की सहित सागर मोहन, सोबेन्द्रराज जोशीलगायतले आफूमाथि हमला गरेको उनले बताए।

कार्कीको अहिले गण्डकी क्षेत्रीयअस्पताल पोखरामा उपचार भैरहेको छ। उनले एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले आफूमाथि कुटपिट भएको आरोप लगाए। कमल कार्कीले केहि समय पहिले पनि आफूलाई जागिरबाटै निकाल्न प्रयास गरेको उनको भनाई छ ।

आयोजना प्रमुख प्रदिप अधिकारीले कन्ट्रयाक्टर सारदामोहन भट्टराइलाई विमानस्थल भित्रको गिटी र ढुङ्गा बेच्न निर्देशन दिएको र कार्कीले बेच्न नमिल्ने अडान राखेपछि आक्रमण भएको बताए ।

आयोजना प्रमुख अधिकारीले केन्द्रको मिलेमतोमा विमानस्थलमा अनियमितता र भ्रष्टचार गरेको आरोप पनि लगाएका छन् । कार्कीको टाउको र आँखामा चोट लागेको छ। शरिरका विभिन्न भागमा निलडाम समेत छ।

विमानस्थल प्रमुख बिनेस मुनाकर्मीले उनीहरुको ब्यक्तिगत झगडाले ठुलोरुप लिएको बताए । यता पीडित कार्कीले प्रहरीकोमा उजुरी दिएपनि प्रहरीले चासो नदिएको गुनासो गरेका छन्।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : ३१ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना

सार्वजनिक लेखा समितिका सदस्यले गरे हुलाकी राजमार्गको अनुगमन

वीरगञ्ज–  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत

सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ

काठमाडौं– स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री