यात्रामा पुरुषभन्दा महिला चालक सुरक्षित | Khabarhub Khabarhub

यात्रामा पुरुषभन्दा महिला चालक सुरक्षित


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना तथा ठूला सवारी साधान चलाउने काम महिलाले गर्न सक्दैनन् भन्ने धारण गलत सावित भइसकेको छ । अहिले हरेक ठाउँमा महिलाहरुले सवारी हाक्ने गरेको पाइन्छ ।

नेपालमै पनि साना देखि ठूला सवारी साधन चलाउने महिला चालकहरु छन् । पछिल्लो एक अध्ययनले पनि यात्राका दौरान पुरुष भन्दा महिला अझ सजक र सचेत हुने निष्कर्ष निकालेको छ ।

सवारी साधन चलाइरहेका बेला महिला पुरुष चालकको तुलनामा कम विचलित हुने र सवारी दुर्घटना हुने सम्भावना पनि कम हुने उक्त अध्ययनको दाबी छ ।

अनुसन्धानकर्ताका अनुसार युवक र बहिर्मुखी या नर्भस हुने कुनै पनि समस्याबाट ग्रस्त व्यक्तिहरुमा सवारी चलाउने क्रममा ध्यान भंग हुने सम्भावना बढी हुन्छ ।

नर्वेको इन्स्टिट्यट अफ इकोनोमिक्सका ओले जोन्सनले हाइस्कुलका छात्र र वयस्कको एक ठूलो समूहमा सर्वेक्षण गरेका थिए ।

सर्वेक्षणमा विभिन्न समय समेत सामेल गरिएको थियो । यी हरेक क्षणमा कति प्रकारका र कति पटक विचलित भएको पाइयो भन्ने समेत अध्ययन गरिएको थियो ।

‘फ्रन्टियर्स इन फिजियोलोजी’ जर्नलमा प्रकाशित अध्ययनमा जोन्सनले भनेका छन्, ‘मैले युवक सवारी चलाउँदाको समयमा विचलित हुने सम्भावना बढी पाएको छु ।’

उनले महिला सवारी चलाउँदाको समयमा विचलित हुने सम्भावना पुरुषको तुलनामा कम हुने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : ०४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ