कपनमा साथी–साथीबीच झगडा, एक जनाको मृत्यु | Khabarhub Khabarhub

कपनमा साथी–साथीबीच झगडा, एक जनाको मृत्यु


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्थानमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

हत्यामा सङ्लग्न सङखुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले बुधबार बिहान कपनबाट पक्राउ गरेको छ । तीनै जना कपन क्षेत्रमा घरमा टायल, मार्बल हाल्ने काम गर्ने गरेका र एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर राईको हत्या गरिएको चन्दले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ३८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०