बाल अस्पतालको दुःख– नर्सले बीचमै काम छोड्ने, डाक्टरको अभाव | Khabarhub Khabarhub

बाल अस्पतालको दुःख– नर्सले बीचमै काम छोड्ने, डाक्टरको अभाव


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाराजगञ्जमा रहेको कान्ति बाल अस्पताल बालबालिकाको उपचार हुने एकमात्रै सरकारी अस्पताल हो । कान्ति बाल अस्पतालमा देशभरका बिरामी बालबालिका रेफर भएर उपचारका लागि आउने गर्छन् ।

कान्ति बाल अस्पतालमा जनलर पेडियाट्रिक, पेडियाट्रिक पल्मोनोजी (निमोनिय), पेडियाट्रिक न्युरोलोजी ( नशा सम्बन्धी रोग), पेडियाट्रिक अंकोलोजी (बाल क्यान्सर रोग), पेडियाट्रिक इन्डोक्राइनोलोजी ( मधुमेह, थाइराइड), नवजात शिशू सेवा केन्द लगायतका सेवाहरु संचालित छन् । कान्ति बाल अस्पतालले सेवा विस्तार र गुणस्तर बनाउन जनशक्ती (चिकित्सक, नर्स) तथा आर्थिक अभाव रहेको कान्ति अस्पतालका चिकित्सकहरुले बताउँदै आएका छन् ।

आइसीयु वेडको समस्याः संरचना मात्रै ५० वेड, ३२ मात्र संचालित

कान्ति बाल अस्पतालमा ५० शय्याको आइसीयु रहेपनि सबै शय्याहरु संचालनमा आउन सकेको छैन । अस्पतालमा भएको आइसीयु शय्या संचालनमा नआउँदा दैनिक ६ देखि १० जनासम्म आइसीयु वेड आवश्यक पर्ने बिरामी बालबालिका निजी तथा अन्य अस्पतालमा रेफर हुनुपर्ने अवस्था छ ।

आइसीयु वेड अभावमा बिरामीहरु रेफर हुँदैगर्दा अस्पतालका निर्देशक डाक्टर आरपी विच्छाले भने अस्पतालमा भएको ५० वेडको आइसियु एकैपटक संचालन गर्ने योजना नै नभएको बताए ।

‘हामीसँग अहिले ३२ वेड आइसीयु संचालनमा छन्, हामीले ५० वेडसम्म पुर्‍याउने सोचेर संरचना बनायौ, तर एकैपटक ५० वेड आइससीयु नै संचालन गर्ने होइन,’ डा विच्छाले खबरहबसँग भने, ‘हामीले अहिले चाहि आवश्यकता बुझेका छौं ।’

डा विच्छाका अनुसार कान्ति बाल अस्पतालमा पाँच वर्ष अघि पाँचवटा मात्रै आइसीयु वेड थियो । हाल अस्पतालमा १२ वटा एनआइसीयु, १२ वेड पीआइसीयु, ६ वेड एसआइसीयु (सर्जरी पश्चात बिरामी राखिने ठाउँ, दुइृवटा आइसोलेसन वेड( संक्रमण जन्य जटिल रोगका बिरामीका लागि) गरी आइसीयुका ३२ शय्या संचालनमा छन् । आइसीयुमै राख्नु नपर्ने तर बिशेष केयर आवश्यक पर्ने बालबालिकालाई आइसीयुमै राख्नुपर्दा पनि आइसीयु नै चाहिने बिरामीहरु रेफर हुनुपरेको डा विच्छा बताउँछन् ।

उनका अनुसार आइसीयु शय्या अभावमा बिरामीहरु रेफर हुने क्रम बढ्दै गएपछि अस्पतालले केही समय अघि इन्टर मेडियट केयर ( गहन उपचार) कक्ष संचालन गरी ८ शय्या थप गरेको छ ।

आइसीयु कै लागि रेफर हुने दर आधा कम हुने

डा विच्छाका अनुसार ती ८ शय्याका इन्टर मेडियट आइसीयु आवश्यक नपर्ने तर बिशेष केयर चाहिने बालबालिकाको उपचार त्यहा हुनेछ ।
‘हामीले केही समय अघि ८ वटा इन्टर मेडियट केयर भनेर ८ शय्या आइसीयु कक्ष भएको संरचनामै थप गरेका छौं, त्यसलाई भेन्टिलेटरमा नराखी अक्सिजन दिएर अरु केयर गरेर बिरामीलाई बचाउँन सक्छौं,’ डा विच्छाले भने, ‘यसअघि आइसीयु नचाहिने तर बिशेष केयर चाहिने बालबालिकालाई आइसीयु वार्डमै राखेर उपचार हुन्थ्यो, जसले आइसीयु वेड अभाव हुन्थ्यो, अब ८ वडा वेडमा भेन्टिलेटर नचाहिने बालबालिका हुन्छ र आइसीयु अभाव केही हदसम्म कम हुन्छ ।’

नर्सिङ जनशक्ति बेरोजगार, अस्पतालमा अभाव

कान्ति बाल अस्पतालको सेवा प्रवाह गुणस्तरीय नहुनुको अर्को कारण नर्सिङ जनशक्तिको अभाव हो । नेपाल नर्सिङ काउन्सिलको तथ्यांकका अनुसार हालसम्म नेपालमा ८९ हजार ५ सय १९ जना नर्सिङ जनशक्ति उत्पादन भइसकेका छन् ।

जसमध्ये १० जना नर्स मात्रै सरकारी अस्पतालहरुमा कार्यरत छन् । ती मध्ये पनि निजामति कर्मचारी ७ हजार मात्रै रहेको नेपाल नर्सिङ संघको दावी छ ।

नेपालका सरकारी अस्पताललाई ५० हजार नर्स आवश्यक भएपनि सरकारले नर्सिङ पदमा आवश्यकता अनुसारको दरवन्दी बनाएको छैन । जसका कारण देशभरका सरकारी अस्पतालहरुमा मापदण्ड अनुसारको नर्सिङ जनशक्ति छैन ।

कान्ति बाल अस्पतालमा नर्सिङ जनशक्ति पर्याप्त नभएको अस्पतालका निर्देशक डा विच्छा बताउँछन् ।

‘हाम्रो अस्पतालमा आवश्यकता अनुसार नर्सिङ जनशक्ति छैन, यो हाम्रो अस्पतालमा मात्रै होइन, राष्ट्रिय समस्या नै हो,’ डा विच्छाले भने, ‘हाम्रो देशमा नर्सिङ जनशक्ति नभएका पनि होइन तर उनीहरुले अवसर नै पाएका छैनन् ।’

बीचमै काम छाड्ने नर्सले अस्पतालमा समस्या

सरकारी अस्पतालमै भएका नर्सहरु समेत बीचैमा काम छाड्ने प्रवृत्तिले अस्पतालको अवस्था झनै विग्रिएको छ ।

कान्ति अस्पतालमा भएकै नर्सिङ जनशक्ति पनि विदेश पलायन हुँदा अस्पतालमा समस्या उत्पन्न भएको डा विच्छाको भनाइ छ ।

‘कान्ति अस्पतालमा महिनामा ३,४ जना नर्सले राजिनामा दिन्छन्, उनीहरु विदेश पलयान हुने राष्ट्रिय समस्या छ, कान्तिको मात्रै समस्या होइन यो,’ डा विच्छाले भने, ‘नर्सिङ अभाव पूर्ति गर्न स्वास्थ्य मन्त्रालयले पनि प्रयास गरेको हो, दरवन्दी नभएको ठाउँमा करार सेवामा पनि राखिएको हो, तर बीचमै छाडेर बिदेश जाने प्रवृतिले समस्या छ ।’

सरकारले सहि तरिकाले नर्सिङ जनशक्ति व्यवस्थापन गर्नु आवश्यक भएको डा विच्छाको भनाइ छ ।

डा विच्छा भन्छन्, ‘नेपालमा नर्सिङ जनशक्ति छन्, उनीहरुलाई सहि तरिकाले कसरी काममा लगाउने भनेर ठूलो चुनौती छ तर पनि व्यवस्थापन गर्न जरुरी छ ।’

विश्व स्वास्थ्य संगठनले मेडिकल वार्डमा ६ जना बिरामीलाई एउटा नर्सले हेर्नुपर्ने जनाएको छ । यस्तै आइसीयुमा एउटा शय्यामा एउटा नर्स अनिवार्य हुन्छ ।

तर कान्ति बाल अस्पतालमा मेडिकल वार्डमा एउटै नर्सले ५० जनाभन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ ।

डाक्टरकै प्रर्याप्त छैनन्, रेजिडेन्टकै भर

कान्ति बाल अस्पतालमा नर्सिङ जनशक्ति मात्रै होइन डाक्टरको अभाव पनि समस्याको रुपमा छ । ३० जना मेडिकल अफिसरको दरवन्दी रहेको कान्ति बाल अस्पतालमा दरवन्दी अनुसारका मेडिकल अफिसर छैनन् ।

बिरामीको चाप अनुसार डाक्टरको दरवन्दी नहुँदा अस्पतालले रेजिडेन्ट चिकित्सकको भरमा अस्पताल संचालन गर्न बाध्य छ ।
‘हाम्रो अस्पतालमा न्याम्सका रेजिडेन्ट चिकित्सकहरु हुनुुहुन्छ, उहाँहरुले नै मेडिकल अफिसरको अभाव परिपूर्ती गर्नुभएको छ,’ डा विच्छाले भने सुनाए ।

दशैंपछि जनशक्ति अभाव हुँदैनः डा विच्छा

अस्पतालमा भएको चिकित्सक र नर्सिङ जनशक्ति परिपूर्ती गर्न स्वास्थ्य मन्त्रालयमा परीपत्र गरिएको डा विच्छाको भनाइ छ ।

‘हामीले नर्सिङ र डाक्टरको आवश्यकता अनुसार नयाँ दरवन्दी तेरीज बनाएर स्वास्थ्य मन्त्रालयमा जनशक्ति माग गरेर पत्र पठाइसकेका छौं,’ डा विच्छाले भने, ‘दशैपछि जनशक्ति अभावको समस्या समाधान हुन्छ भन्ने अपेक्षा छ ।’

जनशक्ती कम भएपनि सेवामा कुनै कमी नराख्ने अस्पतालका निर्देशक डा विच्छा बताउँछन् ।

‘हो हाम्रो अस्पतालमा जनशक्ति कम छ, समस्याहरु पनि छन, जनशक्ति कम भएर भन्दा पनि व्यवस्थापन कमजोर भएर कान्तिमा समस्या भएको हो । यसको नैतिक जिम्मेवारी म लिन्छु,’ डा विच्छाले भने, ‘तर जनशक्ति कम छ भनेर हामी कतिदिन रोहेर बस्ने ? कान्ति अस्पताल कान्तिकै जनशक्तिले बनाउने हो । बाहिरको मान्छेले बनाउँदैन । हाम्रो अस्पताल सुधार गर्न हामी आफै लाग्नुपर्छ ।’

कान्ति सुधारका लागि हरेक महिना नयाँ योजना

कान्ति अस्पतालमा भएको समस्याहरु निराकरणका लागि हरेक महिना नयाँ योजना र कार्यक्रममा साथ अघि बढ्न लागेको अस्पतालका निर्देशक डा विच्छा बताउँछन् ।

‘अब कान्ति अस्पताल सुधारतर्फ अघि बढ्दै छ, हरेक महिना नयाँ योजनाका साथ हामी सुधार गर्न लागि परेका छौं,’ डा विच्छाले भने, ‘अब कान्ति अस्पताल सुधार हुँदैन छ, हामी सेवामुखी भएर काम गछौं, एकसिफ्ट चिकित्सकलाई दुई सिफ्टमा खटाएर पनि सेवा प्रभावकारी बनाउँछौं ।’

कान्ति अस्पतालमा केही समय अघि मात्रै गहन उपचार कक्ष स्थापना गरीएको बताउँदै डा विच्छाले दशै अघिसम्म अस्पतालमै ब्लड बैंक पुन स्थापना गर्ने , दशैपछि जनशक्ति थप गर्ने र अस्पतालको सेवा प्रवाह गुणस्तर गर्दै लैजाने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ०५ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,