डोरिअन आँधीका कारण फ्लोरिडामा संकटकाल घोषणा | Khabarhub Khabarhub

डोरिअन आँधीका कारण फ्लोरिडामा संकटकाल घोषणा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले डोरिअन समुद्री आँधीका कारण फ्लोरिडा क्षेत्रमा संकटकाल घोषणा गरेको छ ।

आँधीको वेग र त्यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले संकटकाल घोषणा गरेको हो । आँधीको जोखिमलाई मध्यनजर गर्दै फ्लोरिडास्थित पूर्वी तटका वासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको वासिंगटनले जनाएको छ ।

उक्त चक्रवाती समुद्री आँधी प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा अमेरिकातिर आइरहेको मौसम तथा भूगोलविदहरुले जनाएका छन् ।

डोरिअन आँधी अहिलेसम्मकै खतरनाक रहेको समुद्री आँधी सम्बन्धी अध्ययन गर्ने अमेरिकी निकाय एनएचसीले जनाएको छ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४० मिनेट जाँदा उक्त आँधी उत्तरी बहमासस्थित एबाकोको एल्बोकी भन्ने स्थानमा पुगेको थियो ।


सो क्षेत्रमा आँधीले ठूलो क्षति पु¥याएको छ । घरहरूमा बाढी पस्नुका साथै आँधीले घरका छाना उडाएको छ । मौसम तथा भूगोलविदहरुले आँधीबाट जोगिनका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : १० बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना