‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता | Khabarhub Khabarhub

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २५ र २६ गते काठमाडौंमा तेस्रो नेपाल शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा नेपालले पूर्वाधारको विकासको क्षेत्रमा सन् २०३० सम्मका लागि गर्नुपर्ने तयारीका विषयमा विस्तृत छलफल हुने परिसंघका अध्यक्ष सतिशकुमार मोरले जानकारी दिए ।

परिसंघले सम्मेलनमा भारत, बंगलादेश, दक्षिण कोरिया लगायतका देशहरुका प्रतिनिधिहरु सहभागी हुने पनि जनाएको छ । निर्माणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी व्यवसायीहरुको समेत उपस्थिति हुने सो सम्मेलनले नेपालको पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६