कांग्रेस र राजपाले सोमबारको संसद पनि चल्न नदिने | Khabarhub Khabarhub

कांग्रेस र राजपाले सोमबारको संसद पनि चल्न नदिने


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस सचेतक भुसालले सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान राखिन् । उनले लोकतन्त्रको पक्षमा, संसदीय अभ्यासको पक्षमा र मानव अधिकारको पक्षमा सरकार छ भने उसले सो घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्नुको विकल्प नरहेको पनि बताइन् ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालका सांसद कर्णले सर्लाहीमा ३ जना नागरिकको राज्य पक्षबाट गैरन्यायिक ढंगले हत्या भएको दावी गर्दै त्यसको तथ्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने स्पष्ट पारे ।

त्यसैगरी सरकारले पटकपटक प्रतिवद्धता जनाएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरेसम्म संसद बैठक चल्ने नदिने उनको भनाइ थियो ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले भने राष्ट्रिय मानव अधिकार आयोगले छानविन गरिरहेकाले सो घटनामा संसदीय छानविन समिति गठन गर्न नपर्ने तर्क गरे ।

उनले राष्ट्रिय मानव अधिकार आयोगजस्तो संवैधानिक निकायले छानविन गरिरहेको घटनामा पछि चित्त नबुझे संसदीय समितिले छानविन गर्न सक्ने पनि स्पष्ट पारे । तर तत्कालका लागि सो घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न संवैधानिक र कानुनी रुपमा पनि नमिल्ने प्रमुख सचेतक गुरुङको दावी छ ।

प्रमुख सचेतक गुरुङले लोकतन्त्रमा संवैधानिक विधि र प्रक्रिया अनुसार चल्नुपर्ने भएकाले पनि सरकारले राष्ट्रिय मानव अधिकार आयोगले छानविन सुरु गरेको सो घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अवस्था नदेखेको पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : २३ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी