इरानले अर्को ट्यांकर नियन्त्रणमा लियो | Khabarhub Khabarhub

इरानले अर्को ट्यांकर नियन्त्रणमा लियो


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानले अर्को एक तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ । फारसको खाडीस्थित इरानको प्रशासनमा रहेको फर्सी टापुको तटपारीबाट ७ लाख लिटर तेल तस्करी गरिरहेको ट्यांकर नियन्त्रणमा लिइएको इरानको फार्स् समाचार संस्थाले उल्लेख गरेको छ ।

लेबनानको अल मयादिन समाचार संस्थाले उक्त ट्यांकर गत बुधबार नियन्त्रणमा लिइएको जनाएको छ । ट्यांकरसँगै उक्त ट्यांकरमा रहेका विभिन्न राष्ट्रका ७ जनालाई पनि नियन्त्रणमा लिएको इरानी अधिकारीले जनाएका छन् ।

इरानी अधिकारीले उक्त ट्यांकरको पहिचान सार्वजनिक गरेका छैनन् । हाल उक्त ट्यांकर बुशेरको बन्दरगाहमा राखिएको र ट्यांकरको तेल स्थानीय अधिकारीलाई जिम्मा लगाइएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

गत महिनामात्र इरानले बेलायती ध्वजावाहक स्टेना इम्पेरो नामक ट्यांकर नियन्त्रणमा लिएको थियो । त्यसअघि पनि इरानले पानामाको ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएर छाडेको थियो ।

केही महिनाअघि फारसको खाडीमा विभिन्न मुलुकका ट्यांकरलाई लक्षित गरी भएका आक्रमणमा इरानको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

इरानले ट्यांकर नियन्त्रणमा लिएपछि फारसको खाडीमा उसैपनि तनाव बढिरहेका बेला त्यसले तनावलाई अझ चर्काउन सक्ने टिप्पणी भइरहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०