जापानले एयरपोर्टबाटै नेपाल फर्काइदियो फुलन्देकी आमा र गायिका गुरुङलाई | Khabarhub Khabarhub

जापानले एयरपोर्टबाटै नेपाल फर्काइदियो फुलन्देकी आमा र गायिका गुरुङलाई


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सांगीतिक कार्यक्रममा प्रस्तुती दिनका लागि जापान पुगेका दुई कलाकारलाई जापानी अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

हास्य कलाकार फुलन्देको आमा ‘उमेश राई’ र लोक तथा दोहरी गायिका सविना गुरुङलाई जापानको टोकियो विमानस्थलबाट नेपाल फर्काइएको हो ।

तमु धीं जापानको आयोजनामा हुन लागेको ‘२३औँ रोधी साँझ तथा रजत जयन्ती २०१९’मा प्रस्तुति दिन जापान पुगेका टोकियो एरपोर्टबाट नेपाल फर्काइएको तमु धीं जापानले जनाएको छ ।

आफ्नो आमन्त्रणमा जापान आइपुगेका कलाकारहरूले हनेदा अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्कनु परेकोमा सो संस्थाले दुख व्यक्त गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै तमु धीं जापान’ले जनाएअनुसार आफ्नो स्थापनाको २५औँ वर्ष प्रवेशका अवसरमा आयोजना गर्न लागिएको भब्य कार्यक्रममा प्रस्तुति दिन कलाकार राई र गुरुङलाई आमन्त्रण गरिएको थियो ।

तर, नेपालस्थित जापानी राजदूतावासले प्रवेआज्ञा जारी गरे पनि हनेदा अन्तर्राष्ट्रिय विमानस्थलस्थित आध्यगमन केन्द्रले प्राविधिक त्रुटि देखाई प्रवेआज्ञा नदिएकोले उनीहरू विमानस्थलबाटै नेपाल फर्किनु परेको हो । ‘प्राविधिक त्रुटी’ जनाइए पनि खास के–कस्तो प्रकारको त्रुटी हो भन्ने खुलासा भने गरिएको छैन ।

यसरी उत्साहका साथ जापान पुगेका उमेश र सविना दुर्भाग्यवश जापान प्रवेश गर्नै नपाई फर्कनु परेपछि तमु धीं जापानको रोधी साँझ लोकप्रिय पप तथा आधुनिक गायक सर्वज्ञमान शाक्य र गायिका काजल गुरुङले तताउने भएका छन् ।

तमुहरूको मौलिक संस्कृति परम्परालाई जीवन्त राख्न हरेक वर्ष रोधीं, ल्होसार जस्ता महत्वपूर्ण चाडपर्बहरू सो संस्थाद्वारा जापानमा विविध साँस्कृतिक कार्यक्रमसहित मनाउँदै आइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  २ : १८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन