कांग्रेसबाट विजयी जिसस प्रमखु बिरुद्ध करोडौँ मूल्यको राहत सामग्री दुरुपयोग गरेको भन्दै उजुरी | Khabarhub Khabarhub

कांग्रेसबाट विजयी जिसस प्रमखु बिरुद्ध करोडौँ मूल्यको राहत सामग्री दुरुपयोग गरेको भन्दै उजुरी


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिएका हुन् । सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुन् ।

भूकम्पपीडितलाई वितरण गरेर बाँकी रहेको करोडौँ मूल्यको राहत सामग्री जिससले मनपरी ढङ्गले वितरण गरेर दुरुपयोग गरेकाले छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको खड्काले बताए ।

जिसस प्रमुख श्रेष्ठले आफू आबद्ध दल नेपाली काङ्ग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई मात्रै करोडौँको राहत सामग्री आफूखुशी वितरण गरेको भन्दै छानबिनका लागि उजुरी गरेको नेकपा ओखलढुङ्गाले जनाएको छ । उजुरीमा जिल्लाको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानबिन गरी दोषीउपर कारवाहीको माग गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र करीब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपारदर्शी ढङगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

यस विषयमा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले यो विषय ठूलो भएकाले छोटोमा भनेर नसकिने बताए । “म अहिले जिल्ला बाहिर छु, फोनमा के भन्नु, यसको कथा लामो छ”, जिसस प्रमुख श्रेष्ठले भने, “सदरमुकाम आएपछि नै विस्तृतमा भनौँला ।”

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ५५ बजे

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर