आर्थिक नीतिका सम्बन्धमा सरोकारवालासँग चेम्बर अफ कमर्सको छलफल | Khabarhub Khabarhub

आर्थिक नीतिका सम्बन्धमा सरोकारवालासँग चेम्बर अफ कमर्सको छलफल


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विद्यमान आर्थिक क्षेत्रमा देखिएका समस्या तथा निजी क्षेत्रसँग सम्बन्धित विषयहरुमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

छलफलमा अर्थ मन्त्रालयका सचिव राजन खनाल, राजश्व सचिव लाल शंकर घिमिरे, राजश्व अनुसन्धान विभागका महानिर्देशक, आन्तरिक राजश्व विभाग, भंसार विभाग तथा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक लगायत उपस्थित थिए ।  मुलुकको समसामयीक आर्थिक स्थिति, हाल बजेटले गरेको व्यवस्था र यसबाट पर्न सक्ने सम्भावित असरका विषयमा छलफल गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा आएका कर सम्बन्धी व्यवस्था, व्यवसायीहरुका समस्या र सुझाव राखेका थिए । नेपालमा विश्व व्यापार संगठन बाहिर गएर व्यापार व्यवस्था अपनाउन नहुने उनले बताए ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले ढुवानीमा भ्याट लगाउँन भन्दा पनि सेवा कर लगाउँदा उत्तम हुँने जानकारी गराए । हालको बजेट वक्तव्यमा प्यान नम्बर लिनुपर्ने अनिवार्य व्यवस्थाका सम्बन्धमा सबै कामदारलाई यो व्यवस्था तत्काल लागू सम्भव नभएको जानकारी दिँर्द उनले चेम्बर अफ कमर्स सकारात्मक रहँदा रहँदै पनि छिमेकी मुलुकबाट मजदुर आउने तथा अधिकांश मजदूरहरुले प्यान नम्वर लिन समस्या रहेको उल्लेख गरे ।

छलफलमा अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले व्यवसाय संकुचन गरेर मुलुकले तिव्रतर विकास गर्न नसक्ने र सरकारको सकारात्मक धारणा रहेकोमा आश्वस्त रहन उद्यमी व्यवसायीलाइ आग्रह गरे । राजस्व परामर्श समितिको कार्यलाइ अझ प्रभावकारी बनाउन स्थायी संयन्त्रको रुपमा वेग्लै राजश्व वोर्ड बनाएर काम गर्ने सरकारले नीति अपनाइसकेको जानकारी गराएका थिए ।

यसले निजी क्षेत्रको राय समेत आगामी दिनमा प्रभावकारी ढंगले समेट्ने उनले विश्वास व्यक्त गरे । प्यानको सम्बन्धमा उनले सबै नेपालीको बैंक खाता खोल्ने अभियान सरकारले संचालन गरेको र स्थानीय निकायमा समेत बैंकको पहुँच पुगेकोले केही सहजता हुने तथा मजदुरलाई प्यान नम्बर दिने अभियान सरकार आफैले घर घरमा गइ दिने व्यवस्था गरिरहेको जानकारी गराएका थिए ।

अर्थसचिव डा. राजन खनालले उद्यमी व्यवसायीको माग अनुरुप कारोबार मूल्यलाई नै मान्यता दिने सम्वन्धमा चीनसँगको नाकाबाट व्यापार गर्दा बैंकिङ प्रणाली अन्तरगत एलसीबाट व्यापार गराउनेतर्फ सरकारले प्रकृया अगाडि बढाएको जानकारी गराए । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र मल्ल लगायत पदाधिकारी, का.स. सदस्यहरु र वस्तुगत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ०० बजे

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री