जवाफदेही बनाउन एनजीओलाई अनुमति मागिएको हो–अर्थमन्त्री | Khabarhub Khabarhub

जवाफदेही बनाउन एनजीओलाई अनुमति मागिएको हो–अर्थमन्त्री


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्था (एनजीओ)हरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पारे ।

बिहीबारबाट ललितपुरमा शुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताए ।

अर्थमन्त्री खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने बताए । दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एशीयाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन