‘सरौतो’को ‘कुले दाइ’ मा सुमी र सन्नी | Khabarhub Khabarhub

‘सरौतो’को ‘कुले दाइ’ मा सुमी र सन्नी


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘सरौतो’ मा समावेश गरिएको गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो ।

कार्तिक २२ गतेलाई रिलिज मिति तोकेको यो गीत लोकशैलीको छ । गीतलाई सर्जक राजनराज शिवाकोटीले तयार पारेका हुन् । गीतमा शिवाकोटीको शब्द, संगीत र स्वर छ । यस्तै गीतमा मिलन नेवारको समेत स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा सुमी मोक्तान र सन्नी सिंहलाई देख्न सकिन्छ । यी दुईले भिडियोमा बेहुला र बेहुलीको भूमिकामा देख्न सकिन्छ । फिल्मको कुरा गर्नुपर्दा विराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह, लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहनेछ ।

यसै गरी फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन तथा शंकर महर्जनको एक्सन देख्न सकिनेछ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ०० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६