प्रहरीले समेत भेटाउन नसकेका बेपत्ता श्रीमान ३ वर्षपछि 'टिकटक'बाट भेटिए | Khabarhub Khabarhub

प्रहरीले समेत भेटाउन नसकेका बेपत्ता श्रीमान ३ वर्षपछि ‘टिकटक’बाट भेटिए


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  तीन वर्षदेखि बेपत्ता एक भारतीय नागरिक ‘टिकटक’का कारण भेटिएका छन् । सन् २०१६ मा बेपत्ता भएका सुरेश हालै टिकटकका कारण भेटिएका हुन् ।

सुरेश बेपत्ता भएपछि उनको खोजीका लागि श्रीमती जयसुधाले प्रहरीमा जोहेरी समेत दिएकी थिइन् । प्रहरीले उनको लामो समयसम्म खोज-तलास गरेको भए पनि भेटाउन सकेको थिएन ।  श्रीमानको खोजीका लागि जयसुधाले मिडियाहरुमा विज्ञापन समेत गरेकी थिइन् । त्यसबाट पनि केही सिप चलेन ।

सवै प्रयास गर्दा पनि श्रीमानको अत्तोपत्तो नलागेपछि आशा मारिसकेकी उनले अन्ततः टिकटकमार्फत श्रीमान फेला पारेकी हुन् । समाचारमा जनाइए अनुसार उनकै आफन्तले एकदिन जयसुधालाई टिकटकको भिडियो देखाइन् । भिडियोमा उनकै पति सुरेश थिए ।

जयसुधाले त्यो टिकटक प्रहरीलाई देखाइन् र आफ्ना श्रीमानलाई खोजिदिन आग्रह गरिन् । त्यसपछि प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनले केही समस्याका कारण परिवारलाई छोडेको र अहिले होसुरमा मिस्त्रीको काम गरिरहेको जानकारी दिएका छन् ।

प्रहरीको अनुसन्धानमा सुरेश टिकटक भिडियोमा काम गर्ने एक तेश्रोलिङ्गीसँग प्रेममा थिए । तेश्रोलिङ्गीको लागि काम गर्ने एक संस्थाको मद्धतमा प्रहरीले सुरेशलाई पक्रन सफल भएको हो । दुई बच्चाका पिता सुरेशलाई अहिले श्रीमतीसँग घर पठाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ११ : ११ बजे

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून

इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जाकर्ता– खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया– सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक