‘ब्रेक्जिटपछि अमेरिका-बेलायतबीच असाधारण व्यापार सम्झौता’ | Khabarhub Khabarhub

‘ब्रेक्जिटपछि अमेरिका-बेलायतबीच असाधारण व्यापार सम्झौता’


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटसँगै अमेरिका र बेलायतबीच ‘असाधारण’ व्यापार सम्झौता गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

हाल बेलायत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले मंगलबार टेन डाउनिङ स्ट्रिटमा बेलायती प्रधानमन्त्री टेरिजा मेसँगको भेटवार्तापछिको पत्रकार सम्मेलनका क्रममा बेलायत युरोपेली युनियनबाट बाहिरिएसँगै दुई मुलुकबीच नयाँ किसिमको ‘असाधारण’ व्यापारिक सम्झौता हुने बताएका हुन् ।

ईयूसँग गरिएको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि हाल पदबाट राजीनामा दिने घोषणा गरेकी प्रधानमन्त्री मेसँगको भेटवार्ताका क्रममा ट्रम्पले चिनियाँ प्राविधिक कम्पनी हुवावेको विषयमा पनि दुई मुलुक चाँडै निष्कर्षमा पुग्ने विश्वास गरेका छन् ।

यसअघि बेलायतले पाचांै पुस्ताको मोबाइल इन्टरनेट सञ्जाल फइभजीमा हुवावेको प्रविधिको प्रयोग गरेमा अमेरिकाले बेलायतसँग गर्दै आएको गोप्य जानकारी आदान प्रदान गर्ने प्रक्रिया बन्द गर्ने आशंका रहेको भन्ने समाचार आइरहेका बेला राष्ट्रपति ट्रम्पले भने बेलायत र अमेरिका चाँडै हुवावेबारे निष्कर्षमा पुग्ने भएकाले यस्तो अवस्था नआउने समेत जनाए ।

यता उनको बेलायत भ्रमणलाई लिएर भने बेलायतभर प्रदर्शन आयोजना गरिएको छ । बेलायतका विभिन्न शहरमा आयोजना गरिएको प्रदर्शनमा दशौं लाख मानिसहरुको उपस्थिती रहेको थियो । राजधानी लण्डनमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनले अमेरिकी राष्ट्रपतिका आप्रवासन, जलवायु, मानवअधिकार, व्यापारिक नीतिहरु समाजलाई विभाजित गर्ने किसिमको रहेको भन्दै ट्रम्पको आलोचना गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ९ : ४३ बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा