ज्ञानेन्द्र शाहीलाई भेट्न विमानस्थलबाटै अस्पताल पुगे रवी लामिछाने | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीलाई भेट्न विमानस्थलबाटै अस्पताल पुगे रवी लामिछाने


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित पत्रकार रवी लामिछाने उपचाररत सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई भेट्न अस्पताल पुगेका छन् ।

पत्रकार लामिछाने अष्ट्रेलियाबाट फर्किए लगत्तै विमानस्थलबाट सोझै अस्पताल पुगेका हुन् । उनले सवैको जिज्ञासा र चासोबारे जानकारी दिने बताएका छन् ।

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरी हिरासतमा यातना तथा कुटपीट गरिएपछि घाइते भएका उनको काठमाडौं उपचार भइरहेको छ । पत्रकारलाई गाली गलौज गरेको आरोपमा सामाजिक अभियन्ता शाहीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो ।

भ्रष्टाचारविरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारहरुलाई गाली गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

शाहीले आफूले आयोजना गरेको भ्रष्टाचारविरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारहरुलाई गाली गर्दै एक भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले पत्रकारलाई अश्लील शब्दमा गाली गरेका थिए । सोही गालीको विषयलाई लिएर प्रहरीले शाहीलाई पक्राउ गरेको थियो । तर, उनका समर्थकले भने  शाहीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै सामाजिक सञ्जालमा समेत चर्को विरोध जनाएका छन् ।

यो पनि पढौं

ज्ञानेन्द्र शाहीबारे प्रहरीले यसो भन्यो

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ७ : ३६ बजे

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट