नेप्से ३.५ अंकले ओरालो | Khabarhub Khabarhub

नेप्से ३.५ अंकले ओरालो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारको परिसूचक नेप्से ३.५६ अंकले घटेको छ । सो अंक घटेसँगै नेप्से १२८९ विन्दुमा कायम भएको छ ।
त्यससँगै सेन्सेटिभ परिसूचक पनि ०.६२ अंकले घटेर २७४ विन्दुमा कायम भएको छ ।

जम्मा १७२ कम्पनीको २२ लाख ५२ हजार ५ सय ४६ कित्ता शेयर ७१ करोड ५४ लाख ७८ हजार ६ सय १२ रुपैयाँमा कारोबार भएको छ । मंगलवार १२ उपसमूहको कारोबार भएकामा ८ उपसमूह घटेका छन् भने ४ उपसमूह बढेका छन् । उपसमूहमा बैंकिङ २.८७, ब्यापार २.५३, हाइड्रो पावर ७.७९, निर्जिवन बीमा ५५.०३, अन्य ५.०२, माइक्रो फाइनन्स १२.४, जीवन बीमा २५.९५, सामूहिक कोष ०.०२ अंकले घटेका छन् ।

त्यसैगरी होटेल्स ३२.६७, बिकास बैंक २.४९, फाइनान्स ०.४, उत्पादन ४१.०२ अंकले बढेका छन् । सबै भन्दा बढी कारोबार (१२ करोड) शिवम् सिमेन्ट्सको भएको छ । आज सबैभन्दा बढी नाफा कमाउनेमा तारागोन रेजेन्सी होटेल्स रह्यो भने सबै भन्दा बढी गुमाउनेमा जोशी हाइड्रोपावर बिकास कम्पनीका रह्यो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन