संविधान कार्यान्वयनका लागि दबाब सिर्जना गर्न प्रचण्डको आह्वान | Khabarhub Khabarhub

संविधान कार्यान्वयनका लागि दबाब सिर्जना गर्न प्रचण्डको आह्वान


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनका लागि दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ पनि सचेत गराए ।

मंगलबार काठमाडौंमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन