विश्व स्काउट भेलामा नेपालको झण्डा फहराउँदै लुइँटेल | Khabarhub Khabarhub

विश्व स्काउट भेलामा नेपालको झण्डा फहराउँदै लुइँटेल


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् ।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । लुइँटेलले सगरमाथाको चुचुरोमा पु¥याएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला हुने समारोहमा फहराउन लागेका हुन् ।

अमेरिकाको वेस्ट भर्जिनियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइँटेलले बताए । कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्नेको विश्वास छ ।

पहिलोपटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण लुइँटेल क्याम्प २ बाट फर्किएका थिए ।

पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ मा चीनतर्फबाट सगरमाथाको पुनः सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०