खगेन्द्र भन्छन् - जोखिम लिएन भने जिन्दगीमा मजा हुँदैन | Khabarhub Khabarhub

खगेन्द्र भन्छन् – जोखिम लिएन भने जिन्दगीमा मजा हुँदैन


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘पशुपतिप्रसाद’ ‘धनपति’ ‘जय भोले’ लगायतका सिनेमामा अभिनय गरेर पर्याप्त चर्चा कमाएका अभिनेता खगेन्द्र लामिछाने यतिबेला आफ्नै निर्देशनमा फिल्म ‘पानी फोटो’ निर्माणका लागि जुटेका छन् । उनी यो फिल्मलाई आफ्नो क्षमताले भ्याएसम्म सक्दो राम्रो बनाउने बताउँछन् ।

जनयुद्धको समयमा आफ्नो बेपत्ता भएको छोराको प्रतीक्षामा रहेका बाबुआमाको कथामा यसअघि नाटक ‘पानी फोटो’ मञ्चन गरिएको थियो । यो नाटक त्यतिबेला दर्शकले खुबै रुचाएका थिए । खगेन्द्रले यो नाटकलाई पुस्तकका रुपमा पनि प्रकाशन गरेका छन् ।

अब भने सोही नाटकको कथा फिल्मका रुपमा आउनेछ । खगेन्द्र भन्छन्, ‘यसको स्किृप्टले मलाई निकै तनाव दियो, यति धेरै मेहनत मैले अरु फिल्मका लागि गर्नुपरेको थिएन ।’

राम्रो स्किृप्ट लेख्ने क्षमता भएका खगेन्द्रले आफ्नो करिअर शुरु गर्दा नाटकमा पैसा नभए पनि यही क्षेत्रमा काम गर्ने निर्णय लिएको बताए । अहिले बरु नाटक खेलेर पैसा कमाउने अवस्था भएको तर आफूले करिअर थाल्दा उल्टो गोजीको पैसा खर्च हुने गरेको उनले सम्झे ।

‘पोखरामा नाटक गर्दागर्दै काठमाडौं आएको थिएँ, यहाँ आएर सुनील (पोखरेल) सरसँग पढेँ, त्यो समयमा मैले जोखिम मोलेर नै जिन्दगीभरि नाटक गर्छु भन्ने निर्णय लिएँ,’ खगेन्द्रले भने, ‘मैले जति दुःख पाउँदा पनि विचलित नभइकन काम गरेँ, जोखिम लिएन भने अलि एडभेन्चर्स हुँदैन जीवन ।’

पछिल्लो ‍समय फिल्म ‘जय भोले’ मा अभिनय गरेका अभिनेता खगेन्द्र त्यसयता कुनै फिल्ममा देखिएका छैनन् । उनी फिल्म ‘गोपी’ मा समेत अभिनय गर्ने भने पनि अन्तिम समयमा आएर फिल्मबाट हात झिकेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ५७ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न