संसदमा राजपा नेपालको टिप्पणी– संघीयता ‘नाजायज औलाद’जस्तो भयो | Khabarhub Khabarhub

संसदमा राजपा नेपालको टिप्पणी– संघीयता ‘नाजायज औलाद’जस्तो भयो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीले संघीयतालाई ‘नाजायज औलाद’ को संज्ञा दिएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपाका सांसदले सरकार संघीयताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको उल्लेख गर्दै ‘संघीयता नचाहँदा नचाहँदै जन्मिएको बच्चा’ (नाजायज औलाद) जस्तो भएको टिप्पणी गरे ।

राजपा सांसद प्रमोद साहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संसोधनको विषय उठिरहे पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्छु भनिरहँदा पनि अझैसम्म संविधान संसोधन प्रक्रिया अघि नबढाएको भन्दै सांसद साहले आपत्ति जनाए ।

साहले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०