नरिवल पानीका फाइदाः तौल घटाउनेदेखि डिप्रेसन हटाउनेसम्म | Khabarhub Khabarhub

नरिवल पानीका फाइदाः तौल घटाउनेदेखि डिप्रेसन हटाउनेसम्म


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नरिवलको पानीमा स्वास्थ्यका निकै फाइदाजनक मानिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि तथा गर्भवती महिलाका लागि पनि नरिवलको पानी स्वास्थ्यवर्दक मानिन्छ । गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । बिहानै नरिवल पानी पिउँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । यसले शरीरमा पानीको मात्रा कमी  हुन दिँदैन ।

नरिवल पानी पिउनुका फाइदा
१. नरिवलको पानी प्रशोधित फलफुलको जुसको सट्टामा राम्रो विकल्प मानिन्छ । चिनी र क्यालोरी कम हुने हुँदा नरिवलको पानीले मधुमेहका रोगीहरूलाई औषधिको रुपमा काम गर्छ ।

२. पाचन शक्ति बढाउन पनि नरिवलको पानी उपयुक्त मानिन्छ । नरिवल पानीमा फास्फेटेस, डायसेट (एन्जाइमहरूको एक समूह जसले शरीरको चिनीलाई टुक्राएर माल्टोज बनाउने गर्छ), फोलिक एसिड, र अन्य एंजाइमहरूको उत्कृष्ट स्रोत हो जुन पाचन प्रकृयामा मद्दत पुर्‍याउँछ । डिहाइड्रेसन भएका व्यक्तिहरुका लागि पनि नरिवलको पानीबाट उपयुक्त मानिन्छ । नरिवल पानीले शरीरमा गुमाएको इलेक्ट्रोलाइट र प्लाज्मा ब्यालेन्स पुनर्स्थापना गर्ने काम गर्छ।

३ नियमित नरिवलको पानी पिउँदा कपाल झर्न रोक्ने अध्ययनले देखाएको छ । छिटो बुढो भइँदैन– नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ । यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ।

४ डिप्रेसनबाट मुक्ति दिलाउन पनि नरिवलको पानी उपयुक्त मानिन्छ । रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छन् ।

५. शरिरको तौल घटाउन पनि यसले मद्दत गर्छ । कम क्यालोरी भएको पेय पदार्थ हुनाले नरिवल पानी डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि स्वस्थ विकल्प हो। त्यस्तै क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले तपाईंको हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न सहयोग गर्दछ।

६. मिर्गौलाको पत्थरी गायव– नरिवल पानी मिर्गौलाको पत्थरीको समस्या समाधान गर्न एक प्राकृतिक तरिका हो। नरिवल पानीमा धेरै मात्रामा पाइने पोटासियमले पत्थरीलाई निको पार्नुको साथै फेरि पत्थरी हुन नदिन पनि मद्दत गर्छ ।

७. रक्तचापलाई सन्तुलित राख्न नरिवल पानी उपयुक्त मानिन्छ । उच्च रक्तचाप भएको मानिसको लागि वरदान नै हो। नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनिरलहरुको साथै भिटामिन–‘सी’ ले रक्तचाप स्वस्थ राख्न मद्दत गर्दछ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १० : ५६ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०