प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजामहाराजा जस्तो कार्यकारी राष्ट्र प्रमुख बनाउन खोजे– कांग्रेस | Khabarhub Khabarhub

प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजामहाराजा जस्तो कार्यकारी राष्ट्र प्रमुख बनाउन खोजे– कांग्रेस


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरि कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिन खोजेको ठहर गरेको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्दाबली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको दाबी कांग्रेसले गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए । उनले भने–“ मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत हो । प्रधानमन्त्री ओली जीले विद्यादेवी भण्डारीलाई कार्यकारी राष्ट्रपति जस्तो या राजामहाराजा जस्तो पोजिसनमा राख्न खोजिरहेको जुन खालको बजारमा हल्ला भएको थियो त्यसलाई अझै अगाडि बढाउने ढंगले ल्याईएको छ । यो विल्कुलै संशोधन गर्नुपर्छ । ”

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा पनि राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

प्रमुख सचेतक खाँडले भने “संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराउने, स्थानीय सरकारलाई क्रियाशिल गराउने सोच नभएको तथा राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने खालको नीति कार्यक्रम आयो । साधन स्रोत बिनाको एउटा पुलिन्दा जसले सपना बांड्न सक्छ तर यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न सक्दैन । नीति र कार्यक्रमको आधारशिला नै कमजोर छ । यसको सोचाई र दृष्टिकोणहरु नै कमजोर छन् । यसको प्रस्तुती करण नै पुराण जस्तो छ ।”

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ४ : ४४ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको