‘हिमालयन भिएग्रा’ नामले परिचित यार्साको माग विश्वमा किन बढ्यो ? | Khabarhub Khabarhub

‘हिमालयन भिएग्रा’ नामले परिचित यार्साको माग विश्वमा किन बढ्यो ?


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुर्वेद संसारकै प्राचिन चिकित्साशास्त्र हो । यो हिन्दूधर्मको चार वेदमध्येको अथर्ववेदको उपवेदमा पर्दछ ।

इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडिको भारतवर्षबाट आयुर्वेदको विकास भएको मानिन्छ । पछिल्लो समय विज्ञानको विकास हुँदै जाँदा पनि आयुर्वेदको महत्व भने उत्तिकै छ । प्रकृतिमा पाइने जडिबुटीहरुबाट आयुर्वेदिक औषधि बनाइने गरिन्छ । थुप्रै किसिमका बिरामको उपचारका लागि आयुर्वेदिक आषैधिको प्रयोग गरिँदै आइएको छ ।

पछिल्लो समय यस्ता जडिबुटीमध्ये उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको भने चर्चा विशेष हुने गरेको छ । पुरुषका लागि यौन शक्तिवर्धक जडिबुटीको रुपमा चर्चा गरिने यार्सागुम्बा ‘हिमालयन भिएग्रा’को नामले पनि परिचित छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको अति दुर्गम क्षेत्रमा पाइने यसको सेवनबाट मानिसको शरीरमा लाग्ने थुप्रै किसिमका रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।

यार्सागुम्बाको अंग्रेजी नाम ‘क्याटरपिलर फङ्गस’ अथवा ‘हिमालयन भिएग्रा’ हुन्छ । यस्तै, यसलाई ‘कोर्डाइसेप्स’ पनि भनिन्छ । बहुउपयोगी जडिबुटीको रुपमा रहेको यार्सागुम्बा ३२ सयदेखि पाँच हजार मिटरको उचाइको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । नेपाल, भारत र तिब्बतमा महंगो मूल्यमा बिक्री हुने यार्सागुम्बा धेरैजसो नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । बसन्त ऋतु सुरु भएसँगै अहिले नेपालको उच्च पहाडी तथा हिमाली जिल्लामा यार्सागुम्बा टिप्नेहरुको ठूलै भीड लागेको छ ।

यति बेला यार्सागुम्बा संकलनको समय भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रका मानिसहरु गाउँनै रित्तो पारेर यार्सा टिप्न जाने गर्छन् । कतिपय गाउँमा त विद्यालयसमेत बन्द हुने गरेको छ । यार्सा संकलन गर्न सबैजसो घरबाट बालकदेखि हिड्डुल गर्नसक्ने वृद्धसम्म जाने भएको हुँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यताले तीन महिनासम्म विद्यालय बन्द हुनेगरेको छ । यार्सा टिप्ने ठाउँमा टेण्ट नै हालेर महिनौँसम्म यार्सा संकलन गर्ने गरिन्छ ।

भारतमा भने सबै भन्दा पहिले इन्द्रसिंह राईपा नामका एक व्यक्तिले यसबारे थाहा पाएको बताइन्छ । उनैले केही नेपाली युवाहरुसँगै यार्सागुम्बा ल्याएर बिक्री सुरु गरेको भारतीय सञ्चारमाध्यमको दावी छ । नेपालमा भने वर्षौं पहिलेदेखि नै यार्सागुम्बाको प्रयोग हुने गरे पनि व्यापारिक कारोबार कहिलेबाट कसले सुरु गरे भन्ने यकिन जानकारी नभएको सम्बन्धित व्यक्तिहरुले बताउने गरेका छन् । चिनियाँहरुले दुई हजार वर्ष पहिलेदेखि नै आयुर्वेदिक औषधिको रुपमा यसको प्रयोग गर्दै आएको बताइन्छ । चिकित्सकहरुले यार्सागुम्बालाई संसारकै सबै भन्दा महंगो जडिबुटीको रुपमा चर्चा गरेका छन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने एक किसिमको किरा नै यार्सागुम्बा हो । यार्सागुम्बाले बेइजिङ्ग ओलम्पिकको समयमा अत्यधिक चर्चा पाउनुकासाथै यसको व्यापारमा समेत वृद्धि भएको थियो । प्रति किलो ३२ हजारदेखि ८ लाख रुपैयाँसम्म यसको बिक्री हुने गरेको सम्बन्धित व्यापारीको भनाइ छ ।

विशेष गरी तिब्बतबाट निवार्सित तिब्बतीहरु यार्सागुम्बा व्यापारमा संलग्न हुने गरेका छन् । हिमाली क्षेत्रमा यसलाई किरा, जडिबुटीको नामले चिनिन्छ भने तिब्बत तथा चीनमा भने यार्सागुम्बा वा यार्सागम्बूको नामले परिचित छ ।

तिब्बत तथा चीनमा यसलाई यौन उत्तेजक वा शक्तिवर्धक औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ ।

केही जडिबुटीले नकारात्मक असर गर्ने गर्छ तर यार्सागुम्बाले भने कुनै पनि किसिमको साइट इफेक्ट गर्दैन । यसको स्वाद मीठो हुन्छ । सुरुमा किराको रुपमा रहने भएकाले यसको जीवन समय करिब ६ महिनाको हुन्छ । चैत, बैशाख महिनामा उक्त किराले आफ्नो जीवन चक्र पूरा गरेर मर्छ । मरेपछि यो किरा, जडिबुटीको रुपमा उच्च पहाडी तथा हिमाली क्षेत्रको घाँसे क्षेत्रमा रहने गर्छ ।

भारतमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध छ भने नेपालमा सन् २००१ देखि सरकारले प्रतिबन्ध हटाएको थियो । नेपाल सरकारले प्रति किलो २० हजार रुपैयाँ राजश्व उठाउने गरेको बताइन्छ ।

पछिल्लो समय भने धेरै नाफा कमाउने लोभमा यार्साको व्यापारमा थुप्रै बिचौलिया व्यापारीहरु प्रवेश गरेको पाइन्छ । यौन शक्तिवर्धक जडिबुटीको रुपमा रहेको यार्साको बिक्री विदेशमा महंगो मूल्यमा हुने गरेको छ । त्यसमा पनि चीनमा यसको माग धेरै छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : ३६ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा