सरकारी डाक्टरको आन्दोलमा चिकित्सक संघको समर्थन | Khabarhub Khabarhub

सरकारी डाक्टरको आन्दोलमा चिकित्सक संघको समर्थन


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनको तयारी गरेको सरकारी चिकित्सकको मागप्रति नेपाल चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ ।

सरकारले स्वास्थ्य तर्फका कर्मचारीको समायोजनमा विवादास्पद निर्णयहरु गरेको भन्दै संघले आफूहरुको पनि ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बिहीबार विज्ञप्ती जारी गर्दै सरकारी चिकित्सकले घोषणा गरेको आन्दोलनमा नेपाल चिकित्सक संघले ऐक्यवद्धता जाहेर गरेका भन्दै सरकारी चिकित्सकको माग तत्काल सम्बोधन गर्न माग समेत गरेको छ ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकहरुलाई राज्यले मानमर्दन गर्ने, वेवास्था गर्ने कार्य दुर्भाग्य पूर्ण रहेको कुरा नेपाल चिकित्सक संघको ठहर छ,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता कार्यले चिकित्सा सेवा जस्तो सेवामुखी पेसा प्रति आकर्षण घटाउनुका साथै हाल कार्यरत चिकित्सकहरुमा मनोबल घटाउने भएकाले समस्याको यथासिघ्र सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष जोरदार अपील गर्दछ ।’

 

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ५२ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका