बार मतगणना अपडेट– प्रगतिशील समूहको झिनो अग्रता | Khabarhub Khabarhub

बार मतगणना अपडेट– प्रगतिशील समूहको झिनो अग्रता


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक समूह र प्रगतिशील समूहबीच कडा टक्कर देखिएको छ ।

नेकपा निकट र नेपाली कांग्रेस निकटका अध्यक्षबीचको प्रतिपर्धा जारी रहँदा शुक्रवार(आज) को पछिल्लो गणनामा नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले झिनो अग्रता बनाएका छन् ।

करिब १३ सय मत गणना बाँकि रहँदा ५३ मतले अगाडि रहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ९१ मत पाउँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मत पाएका  छन् । मतगणनाको अन्तिम परिणाम आजै आउने सम्भावना रहेको छ ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  २ : ०८ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक