यसरी तयार हुँदैछ विस्केट जात्राको लागि रथ | Khabarhub Khabarhub

यसरी तयार हुँदैछ विस्केट जात्राको लागि रथ


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा मनाइने विस्केट जात्राको लागि रथ निमार्ण अन्तिम चरणमा पुगेको छ ।

भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्केट जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो । भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुनेछ ।

प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । यो जात्रा नौ दिन आठ रात लामो हुन्छ । रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ ।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।

भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाइने जिव्रो छेड्ने जात्रा पनि प्रख्यात छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०