चेन्नेईको अपराजित यात्रामा ब्रेक, हार्दीक चम्किएपछि मुम्बईको जित | Khabarhub Khabarhub

चेन्नेईको अपराजित यात्रामा ब्रेक, हार्दीक चम्किएपछि मुम्बईको जित


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हार्दीक पाण्ड्याको अलराउण्ड प्रदर्शनमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । बुधबार राति मुम्बईको वानखडे रंगशालामा भएको खेलमा मुम्बईले चेन्नईलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १ सय ७० रन बनायो ।

१सय७१ रनको लक्ष्य लिएर मैदान उत्रिएको चेन्नेईले २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १सय३३ रन मात्रै बनाउन सक्यो । चेन्नईलाई १सय ३३ रनमा रोक्न मुम्बईका अलराउण्डर हार्दीक पाण्ड्याले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ३ विकेट लिए ।

यस्तै, चेन्नईका लागि केदार ज्यादवले अर्धशतक बनाउनु बाहेक अन्यले राम्रो रन जोड्न सकेनन् । उनले ५४ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए । सुरेश रायनाले १६ र कप्तान महेन्द्रसिंह धोनीले १२ रनमात्रै बनाउन सके ।

चेन्नईविरुद्ध मुम्बईका पाण्ड्यासँगै लाथिस मालिङ्गाले पनि ३ विकेट लिए भने जासन बेहरेन्डोफले २ विकेट लिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेको मुम्बईका लागि सुर्यकुमार यादवले अर्धशतक बनाए । उनले ४३ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाए ।

त्यस्तै, कुर्नल पाण्ड्याले ४२, हार्दीक पाण्ड्याले २५ रन बनाए । मुम्बईविरुद्ध चेन्नईका रविन्द्र जडेजा, दीपक चाहाल, मोहित शर्मा, ड्याइने बाभ्रो र इम्रान ताहिरले समान एक—एक विकेट लिए ।

जीतसँगै मुम्बईले ४ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ भने पराजित चेन्नई ६ अंकसहित शीर्ष दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ७ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन