कतै राहतको खात, कतै पुर्पुरोमा हात | Khabarhub Khabarhub

कतै राहतको खात, कतै पुर्पुरोमा हात


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा, पर्साका हावाहुरी पीडित राहतका कारण झनझन विह्वल बन्दै गएका छन् । पीडितका नाममा जिल्लामा धेरै राहत पुगेपनि त्यसको वितरण व्यवस्थित नहुँदा पीडामा रहेका पीडित झन दुःखी भएको नागरिक दैनिकमा खबर छ । कुनै क्षति नभएकाहरु राहतका लागि पहिला नै लाइनमा बस्दा वास्तविक प्रभावितहरु पखा लागेर रमिता हेर्ने अवस्था उत्पन्न भएको छ ।

तीन सन्तान जोगाए पनि आमा र पत्नी गुमाएका भीम दास तात्वाले हावाहुरीले निम्त्याएको विनासले भावविह्वल भएको बताएका छन् । उनले हावाहुरीसँगै धर्ती नै कम्पन गरेको जस्तो लागेको उनले बताएका छन् ।

हावाहुरी पीडितका लागि राहत वितरणमा स्थानीय सरकार मात्र जुटेको छ । केन्द्र र प्रदेश सरकारले राहतको घोषणा गरेपनि पीडितले पाएका छैन् । अहिले प्रभावित क्षेत्रमा खाद्यान्नको व्यवस्था तथा घरबारबिहीन भएकाहरुको उचित व्यवस्थापन ठूलो चुनौतिको विषय बन्दै गएको छ ।

नेपाली कांग्रेसका नेताहरुले विप्लव समूहलाई चिड्याउँदा असुरक्षा सिर्जना हुने बताएको, फोरम र नयाँ शक्तिबीच भित्रभित्रै एकताको प्रक्रिया अघि बढेको, ललितनिवास प्रकरणमा मातपोतका तत्कालीन प्रमुखहरु छानबिनको घेरामा परेको लगायतका समाचार प्राथमिकतामा छापिएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ३२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका