सूचना प्रविधिमा गुणात्मक फड्को मार्ने अपेक्षा | Khabarhub Khabarhub

सूचना प्रविधिमा गुणात्मक फड्को मार्ने अपेक्षा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले सूचना प्रविधि र सञ्चार भएन भने व्यक्तिमात्र नभइ देशनै अज्ञानतामा जाने बताएका छन् ।

सोमबार खबरहब डटकमको औपचारिक शुभारम्भ गर्दै उपराष्ट्रपति पुनले प्रविधि सुहाउँदो अनलाइन(खबरहब)ले सञ्चार,सूचना प्रविधिमा गुणात्म फड्को मार्ने विश्वास व्यक्त गरे ।

सरकारी अधिकारी, व्यवसायी, नेपालस्थिति विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका अधिकारीहरुको उपस्थितिमा पेवेलियन मिडिया ग्रुपले सञ्चालनमा ल्याएको खबरहबडटकमको उद्घाटन कार्यक्रममा उपराष्ट्रपतिले राखेको धारणा यस्तो थियो–

सबैभन्दा पहिला खबरहब डटकमलाई बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु । किनकी आजको युग सुहाउँदो, प्रविधि सुहाउँदो जुनखालको डिजिटलअनलाई सुरुवात गर्नु भएको छ यसले सूचना प्रविधिमा गुणात्मक फड्को मार्ने अपेक्षा हामीले गरेका छौं । यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

यो मिडियाको कक्ष, हलको निरीक्षण गर्ने अवसर मिलेको छ यसका लागि खुसी लागेको छ । यसका साथै यसको थिंकट्यांक जो हामीले बनाएका छौं, संस्थागत रुपमा यसलाई अगाडि बढाउने प्रयास भएको छ यो महत्वपूर्ण छ ।

सामूहिक रुपमा जसरी जाने प्रयास गर्नुभएको छ यो निकै सरहानीय छ । किनकी देशकोलागि अत्यावश्यक कुरा चार/पाँच वटा छन् । एउटा ब्रेन (दिमाग) । देशलाई एउटा ब्रेन चाहिन्छ । दोस्रो देशलाई आँखा चाहिन्छ र तेस्रो नीति चाहिन्छ चौथो चाँही कार्यान्वयन गर्ने निकाय चाहिन्छ र पाँचौ इच्छाशक्ति चाहिन्छ । देश सञ्चालन ब्रेन वा विचार विना गर्न सकिँदैन । त्यसको भएको हुनाले देश सञ्चालन गर्ने काम कसले गर्छ भने थिंक ट्यांकले । हामी भन्ने गर्छौं यसले राज्यको समाजको सबैको ब्रेनको काम गर्छ । त्यसको भएको हुनाले यसले ब्रेनको काम सही ढंगले गरोस् भन्नका लागि नै यो थिंक ट्यांकको अवधारणा आएको हो ।

मलाई लाग्छ यसले आफ्नो ठाउँमा जे जति भूमिका खेलिरहनु भएको छ त्यो आफैंमा महत्वपूर्ण छ । संविधान सभाको निर्वाचनपछि सविधान निर्माणको क्रममा यो समूहले धेरै ठूलो भूमिका खेलेको छ । हामीले संवृद्धि, आर्थिक सामाजिक रुपान्तरणको कुरा गरेका छौं । संवृद्ध नेपालको कुरा गरेका छौं, सुखी नेपालीको कुरा गरेका छौं त्यसो गर्नका लागि हामीलाई ससक्त दिमाग चाहिन्छ ।

नेपालका लागि मात्र नभएर यहाँ कुटनीतिक नियोगबाट थुप्रै प्रतिनिधि आउनुभएको छ, सबै देशमा थिंकट्यांकहरु छन् उहाँहरुले देशको ब्रेनको काम गर्नुभएको छ, ब्रेनले काम गरेका कारण धेरै देशहरुले विकास गरिरहेका छन् । हामीले भरखर सुरु गरेका छौं । आगामी दिनमा हामीलाई अपेक्षा छ कि यो थिंक ट्याकले राम्रो काम गर्नेछ ।

यो ग्रुपले एकदमै राम्रो काम गर्ने छ र सबैसँग सहकार्य गरेर सूचना प्रविधिका क्षेत्रमा यसले गुणत्मक फड्को मार्नेछ भन्ने मैले अपेक्षा लिएको छु ।

दोस्रो आँखाको कुरा, यो आजको २१ औं शताव्दिमा हामी सूचना प्रविधि विना अन्धो हुन्छौं । देशको नागरिकको समाजको आँखा खोल्नका लागि सूचना जरुरी हुन्छ, देशले सही सूचना पाउन सकेन भने देश अन्धो हुन्छ । स्वयं व्यक्तिहरुले पनि सही सही सूचना पाउन सकेनौं भने हामी अन्धों हुन्छौं । हामीले काम गर्न सक्दैनौं र गर्‍यौं भने अज्ञानतामा हुन्छौं । त्यसै भएको हुनाले हामीलाई अज्ञानताबाट मुक्त सूचना प्रविधिले गर्छ ।

त्यसैले देशलाई सूचना प्रवाह गर्ने कुरा, सल्लाह सुझाव दिने कुरा महत्वपूर्ण हो । अहिलेको समय यस्तो भयो कि सबै कुरा डिजिटलाइज भयो । सामान्यतः मानिस आजको दुनिया प्रविधिविना बाँच्नै सक्दैन । मानिसको जीवन यस्तो भयो की प्रविधि विना समस्या हुन्छ । त्यसकारण हामीले हाम्रो श्रम हाम्रो विवेकलाई प्रविधिसँग जोड्न सकिएन भने उन्नती तथा प्रगति गर्न सकिँदैन । यस्तो परिस्थितिमा त्यो अनुसार अघि बढ्न सकेनौ भने पछि पर्छौं । त्यसकारण यो अनलाई जो डिजिटल मैत्री रुपमा अगाडि बढ्ेन खोजेको छ यो निकै महत्वपूर्ण कुरा हो ।

तेस्रो नीतिको कुरा आउँछ । जहाँ राज्यको नीतिको कुरा आउँछ । देश संवृद्ध बनाउन सही नीतिको आवश्यकता पर्छ । सूचना सञ्चारको लागि पनि सही नीति हुनुपर्छ । नीतिमा कतै समस्या भयो भने हामीले गर्न चाहँदा चाहँदै पनि नीति सही नहुँदा गलत ठाउँमा जाने अवस्था आउँछ । देशको जनताको हितका लागि अथवा मानवअधिकारको हितको लागि सही नीति बन्न जरुरी छ ।

चौथो कुरा नीति ठीक भएर मात्र पनि हुँदैन । यसको कार्यान्वयन गर्नका लागि सशक्त टीम या निकायको जरुरी छ । हाम्रो भाषामा व्यूरोक्रयाट अथावा सरकारी गैर सरकारी संस्था पर्छन् । उनीहरुले नीतिको फलो र कार्यान्वयन गर्ने पक्ष रहन्छ । हामीले जति नीतिलाई सही रुपमा मान्छौं त्यति तेति हाम्रो देश संवृद्ध हुन्छ । त्यसका लागि व्यक्ति राज्यको नेतृत्व अथवा संघ संस्थामा दृण इच्छाशक्ति चाहिन्छ ।

यी चार/पाँच कुरा राज्यको लागि र हाम्रा लागि महत्वपूर्ण हुन्छ । यसका लागि जसरी तपाईहरु टीम बनाएर लाग्नु भएको छ, जसरी सूचना संकलन गरिरहनुभएको छ देशलाई राज्यलाई सही फिडव्याक दिनका जसरी काम गर्नुभएको छ त्यसका लागि धन्यवाद दिन चाहन्छु । यसका साथै यहाँहरुको उत्तरउत्तर प्रगतिको पनि कामना गर्न चाहन्छु ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ६ : ०३ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा