प्रदेश ३ को राजधानी हेटौँडामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन | Khabarhub Khabarhub

प्रदेश ३ को राजधानी हेटौँडामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– सरकारले अधिनायकवादी कार्यशैली देखाएको भन्दै नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा प्रर्दशन गरेको छ ।

सरकारले एक वर्षमा आर्थिक समृद्धिको काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र अन्तराष्ट्रिय कुटनीति समेत कायम गर्न नसकेको भन्दै प्रदर्शन गरेको हो । कम्युनिष्ट सरकारले संविधान र संसदीय अभ्यासलाई कमजोर पार्न खोजे कांग्रेसले संसद र सडकबाट खबरदारी गर्ने जनाएको छ ।

नेपाली कांग्रेस मकवापनुरले गरेको विरोध प्रर्दशनमा सहभागीहरुले अधिनायकवादी कार्यशैली रोक्नुपर्ने, संसदीय मर्यादा कायम हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, निर्मला पन्तलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै विरोध जनाएका थिए ।

हेटौँडाको ४ वटा नाकाबाट ¥यालीसहित प्रदर्शन उत्रिएका कांग्रेस कार्यकताले सरकारको चर्को आलोचना गरेका थिए ।

प्रदर्शनपछि र्‍याली कोणसभामा परिणत भएको थियो । सभामा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय संसदकी सचेतक पुष्पा भुसालले वर्तमान सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरेकी थिइन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ४ : ०२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका