Windows 7 बन्द गर्दै माईक्रोसफ्ट, प्रयोगकर्ताले अब के गर्ने ? | Khabarhub Khabarhub

Windows 7 बन्द गर्दै माईक्रोसफ्ट, प्रयोगकर्ताले अब के गर्ने ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईं कम्प्युटर या ल्यापटप प्रयोग गर्नुहुन्छ र त्यसमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग गर्नुभएको छ भने तपाईंका लागि यो समाचार महत्वपूर्ण हुनसक्छ । माईक्रोसफ्टले अब विन्डोज सेभेन (Windows 7) बन्द गर्ने तयारी शुरु गरिसकेको छ ।

यसको सपोर्ट पनि त्यसरी नै बन्द गरिने छ जसरी विन्डोज एक्सपी र भिस्टाको गरिएको थियो ।

अघिल्लो वर्षको जुन महिनामा नै माईक्रोसफ्टले विन्डोज सेभेनका लागि अफिसियल फोरम सपोर्ट बन्द गरिदिएको थियो ।

अब एक वर्षपछि अर्थात् १४ जनवरी २०२० पछि माईक्रोसफफ्ट विन्डोज सेभेनका लागि सपोर्ट दिने छैन । यसको अर्थ अब विन्डोज सेभेन पाइने छैन । यदि तपाईं विन्डोज सेभेनको प्रयोगकर्ता हुनुहुन्छ भने कुनै पनि सपोर्टका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।

माइक्रोसफ्टले ७ जुलाई २००९ मा विन्डोज सेभेन लञ्च गरेको थियो । त्यसपछि विन्डोज–८, विन्डोज–८.१ र जुलाई २०१५ मा कम्पनीले विन्डोज–१० ल्यायो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ५० बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना